© २०२३
कोल्हुवामा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्यासल युथ क्लबले कब्जा गरेको छ । बिहीबार भएको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ट्राईब्रेकरमा ५÷३ गोल अन्तरले पराजित गर्दै च्यासलले उपाधी कब्जा गरेको हो । खेलको १० औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाल पुलिसले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।
पहिलो हाफकै १६ औं मिनेटमा च्यासलले बराबरी गोल फर्कायो । फेरि २१ औं मिनेटमा पुलिसले अर्को गोल गर्दै पहिलो हाफमै २-१ को अग्रता लिएको थियो । तर दोस्रो हाफमा च्यासलले बराबरी गोल फर्कायो । निर्धारित ९० मिनेटसम्म दुबै टिमबाट २-२ गोलको बराबरी भयो र थप गरिएको १४ मिनेटमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । पेनाल्टी शुट आउटमा च्यासलका पाँचै खेलाडीले गोल गरे भने पुलिसका दिनेश राजबंशीको प्रहार गोलपोस्टको बारमा लागेर फर्किएको थियो ।
जितसङ्गै च्यासलले ४ लाख ९९ हजार ५ सय ५५ नगद सहित म्याच मनि रु. १ लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको नेपाल पुलिस क्लबले नगद रु. २ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ सहित म्याचमनि रु.१ लाखमा चित्त बुझाएको छ । प्रतियोगिताको म्यान अफ दि सिरिज भएका च्यासलका गोल रक्षक दिनेश थापा मगरले १० हजार नगद पुरस्कार प्राप्त गरे । च्यासल १५ बर्ष अघिदेखी सुरु भएको राईनो गोल्डकप फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी भएको टिम हो ।
कार्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगितामा बिभागिय २ टिमसहित ए डिभिजन क्लब गरि १२ टिमको सहभागिता रहेको थियो । हरेक बर्ष एक सिङ्गे गैडा संरक्षणका लागी नवलपुरको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा प्रतियोगिता आयोजना हँुदै आएको छ ।à