© २०२३
पछिल्लो समय प्रबिधिको बिकास भएसँगै लामो समय लाग्ने काम छोटो समयमै सकिने गरेको छ । परम्परागत तरीकाले गरिँदै आएका खेतीप्रति किसानको चासो घट्दै गएको समयमा प्रबिधिले किसानको रुचि बढाइदिएको छ । बिशेष गरेर कृषि काम गर्नलाई झन्झटिलो मानिने जोत्न, धान रोप्न, धान गहँु झार्न लगायतका कार्यमा मेसीन भित्रिएसँगै एक दिन लाग्ने काम एक घण्टामा झारी दिएको छ । गाउँमा मजदुरहरू पाउन छोडेको पछिल्लो समयमा धान काट्न, थन्काउन र जोत्न मानीस र गोरुको बिकल्प बनेको छ मेसिन ।
धेरै मानिस लाग्ने परम्परागत खेती कार्यलाई पछिल्लो समय जोत्न, रोप्न देखि भित्र्याउन पनि मेसीन प्रयोग गर्न लागिएपछि किसानको रुचि पनि बढ्न थालेको छ । अहिले किसानहरूलाई धान भित्र्याउने चटारो छ । धान काट्न होस वा झार्न खेताला खोज्ने झन्झट मेसीनले हटाई दिएको छ । खेताला खोजेर एक दिनमा १० देखी १२ जनाले गर्ने काम मेसीनले १ घण्टामै गर्ने गरेको दाङ तुलसीपुर १९ का किसानहरू चौधरी बताउँछन् । पहिलेका वर्षहरूमा धान झार्नलाई खेताला नपाउँदा लामो समय लगाएर परिवारले खेती सक्ने गरेको भएपनि यस वर्ष ३ बिगाहाको धान झारेर ५ जनाले मेसीनको प्रयोग गरी ४ घण्टामै सकिएको उनी बताउँछन् । धान काट्ने मेसीन प्रयोग गरिएन धान बोक्नलाई ट्याक्टर र झार्नलाई मेसिन प्रयोग ग¥यौ छिट्टै खेती सकीयो उनले भने । जोत्न र धान झार्नलाई पछिल्लो समय मेसीन भित्रिएपछि गोरु पालेर खेती गर्दै आएकाहरू अहिले गोरू पाल्न छोडी खेती गर्न थालेका छन् । किसानहरूले पहिले गर्दै आएको खेती भन्दा मेसीन प्रयोग गर्न थालेपछि केही बढी खेत गर्न लागेको बताउँछन् तुलसीपुर ३ का नोखीराम केसी ।
मेसीनबाटै कृषि काम हुन थालेपछि खेताला खोज्ने झन्झटिलो काम टरेको केसी बताउँछन् । पहिला गाउँभर खेताला खोज्दासमेत नभेटेको तर यस वर्ष भने मेसिनले सजिलो भएकोे उनको भनाइ छ । दैनिक पाँच सय रुपियाँमा पाइने गरिएका कृषि मजदुरको अचेल चर्को अभाव झेल्नुपरेको किसानहरूले बताएका छन् । काम गर्नसक्ने युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएको, कतिपय भारतीय सहरमा रोजगारीका लागि गएका र विभिन्न कारण गाउँमा कृषि मजदुरको अभाव चर्किएको यो अवस्थामा खेती कार्यका लागी मेसीन भित्रिएपछि कृषि कार्य गर्न छोड्न थालेका किसानहरूको रुचि फेरी बढेको छ ।à