© २०२३
कोल्हुवामा जारी राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा एनआरटी विजयी भएको छ ।
न्यूरो टिम एनआरटी र सरस्वती क्लब बीच भएको खेलमा २÷१ गोल अन्तरले न्यूरो टिम एनआरटी विजयी भएको छ । एनआरटीका जर्सी नं. १९ का दिपेश खडिले पहिलो हफको ३० औँ मिनेट पहिलो गोल गरे भने खेलको पहिलो हाफकै ४५ औँ मिनेटमा एनआरटीका खेलाडी जर्सी नं. ९ का राजेश परियारले दोस्रो गोल गरी २-० बनाएको थियो ।
खेलको दास्रो हाफको खेल चल्दै गर्दा सरस्वती क्लबको लागी जर्सी नं. १० का राजकुमार घिसिङ्गले १ गोल गरेका थिए । यसैविच खेल २÷१ को गोल अन्तरले न्यूरो टिम एनआरटी विजयी भएको हो । शुक्रबारको खेलमा न्यूरो टिम एनआरटीका राजेस परियार म्यान अफदी म्याच भएका छन् । शनिबार विरगन्ज युथ क्लव र कास्की ११ विच प्रतीशप्रधा हुने छ । प्रतियोगितामा १२ ओटा समूहको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २९ गते हुने छ । खेलमा प्रथम हुने टिमलाई नगद रु ४ लाख ९९ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई नगद रु २ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको व्यवस्था गरीएको छ । साथै खेलको उत्कृष्ट खेलाडिलाई नगद रु. ५ हजार, प्रतियोगीता भरको उत्कृष्ट खेलाडिलाई नगद रु. १० हजार र सर्वाधिक गोलकर्तालाई नगद रु. १० हजार साथमा प्रमाण पत्र, शिल्ड र टिम एलायन्स बापत प्रति खेल रु. ३ हजारको दरले प्रदान गरिएको छ । खेल नवलपरासी जिल्ला वर्दघाट सुस्ता पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–२ कोल्हुवा स्थित राईनो कपको खेल मैदानमा भएको छ ।