© २०२३
राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ को उद्घाटन खेलमा आयोजक नवलपरासी ११ विजयी भएको छ ।
नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–२ कोल्हुवा स्थित राईनो कपको खेल मैदानमा बिहीबार देखि सुरु भएको उद्घाटन खेलमा लाली रूपन्देही ११ र आयोजक नवलपरासी ११ विच भएको खेलमा १÷० गोल अन्तरले आयोजक नवलपरासी ११ विजयी भएको हो ।
नवलपरासीको जितका लागि जर्सी नं. ९ का खेलाडी सविन गुरु·ले दोश्रो हाफको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल भएको थियो । साथै सोही अवसरमा बोल्दै नेकपाका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सांसद तिलक महतले स्थानियवासी, सुरक्षाकर्मी र सरकारको सकृयतामा दुर्लभ एक सि·े गैँडा संरक्षणमा ठुलो उपलब्धि हासिल भएको बताएका छन् । सांसद महतले राइनो संरक्षण गोल्डकप प्रतियोगितालाई संचालन गर्नका लागि नेपाल सरकारले स्थायी कोषको व्यवस्था गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
गण्डकी प्रदेशका सांसद बिष्णु लामिछानेले यो प्रतियोगिता राष्ट्रकै गौरब भएको बताएका छन् । प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा एनआरटी र सरस्वती क्लब बीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १२ ओटा समूहको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक २९ गते हुने छ । खेलमा प्रथम हुने टिमलाई नगद रु ४ लाख ९९ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई नगद रु २ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको व्यवस्था गरीएको छ । साथै खेलको उत्कृष्ट खेलाडीलाई नगद रु. ५ हजार, प्रतियोगीता भरको उत्कृष्ट खेलाडिलाई नगद रु. १० हजार र सर्वाधिक गोलकर्तालाई नगद रु १० हजार साथमा प्रमाण पत्र, शिल्ड र टिम एलायन्स बापत प्रति खेल रु. ३ हजारको दरले प्रदान गरिएको छ ।
à