ट्रेंडिंग:

>> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना

विद्युतिय हाजिरीले पठनपाठनमा सहज

१४ कार्तिक २०७५, बुधबार
१४ कार्तिक २०७५, बुधबार

विद्युतिय हाजिरीले पठनपाठनमा सहजता भएको छ । विद्यालयहरूमा शिक्षकहरूको उपस्थितिलाई मात्रै होइन पठनपाठनमा समेत निरन्तरता दिन सहयोग पु¥याएको छ । कतिपय अवस्थामा शिक्षकहरू नभएको दिनको पनि हाजिरी गरेको पाइएपछि ई–हाजिरीको प्रयोग गर्न थालिएको हो । अहिले ई–हाजिरीले गर्दा शिक्षकहरू समयमै विद्यालय आउने र पठनपाठनलाई निरन्तरता दिने कुरामा सहजता आएको बताउँछन् मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानबिकी र समाजशास्त्र संकाय केन्द्रिय क्याम्पस सुर्खेतका शिक्षण समितिका अध्यक्ष जगतराज पाठक । उनले यो ई –हाजिरी प्रणाली केहि खर्चिलो भए पनि यसको प्रयोगले विद्यालयललाई फाईदा हुने बताए । यसले विद्यालयमा पठनपाठनमा भने निरन्तरता दिन सहज भएको उनको भनाइ छ ।
लेजर विद्युतिय हाजिर हुँदा कतिपय शिक्षकहरूले आफूले कक्षा नलिएको दिनको पनी हाजिर गरेर तलब खाएको उदाहरण बताउँदै उनले थपे अहिले यो गलत प्रविधिलाई विद्युतिय हाजिरीले समाप्त पारेको छ ।
शिक्षकहरू बिहान ६ बजे नै आएर हाजिरी नगरे उनीहरूको तलब कट्छ । जसले गर्दा विद्यालयको पढाइ निरन्तर अगाडि बढेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यायका उपप्रध्यापक राजेश गौतमले विश्वविद्यालयमा विद्युतिय हाजिरीका कारण पठनपाठनमा निरन्तरता आएको बताए । ढाटेर तलब खानेका लागि यो सीसी क्यामेरा नै बनेको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र समाजशास्त्र संकाय केन्द्रिय क्याम्पस प्रमुख तेजबिक्रम बस्नेतको भने भनाई फरक रहेको छ । उनी भन्छन्–‘ई –हाजिरीले विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरूलाई पारदर्शिता निभाएको छ । समयमै विद्यालय आउने र आफ्नो कामलाई निरन्तर अगाडि बढाउने कुरामा यसले निकैे ठुलो सहयोग पु¥याएको छ ।’ ब्याकअप नभएको बेला र मेशिन बिग्रीएको बेलाको अप्ठ्यारो भएपनी यसले धेरै उपलब्धिमुलक काम गरेको बस्नेतको भनाइ रहेको छ । उनले थपे ‘छिटो छरितो तरिकाले रेकर्ड हेर्न मिल्ने भएकोेले यसले सहज वातावरणको सिर्जना गरेको छ । यस्ता खालका प्रविधि भित्राउने कुरामा पछि हट्न नहुने उनको भनाइ रहेको छ । मानबिकी र सामाजिक शास्त्र संकाय समाजशास्त्र अध्ययनरत विद्यार्थी दिपा खड्काले पनि पहिले लेजर हाजिरी हुँदा शिक्षकहरूको उपस्थिति र ई –हाजिरी पछिको उपस्थितिमा फरक पाएको बताउछिन् ।
उनी भन्छिन् ‘पहिले शिक्षकहरू १५–२०मिनेट ढिला आउने गरेको भएपनि अहिले ६ बजेनै कक्षा कोठामा प्रवेश गर्ने भएकोले पढाई निरन्तर अगाडि बढेको छ ।’ २०६७ सालमा स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यायमा हाल ६ वटा संकाय सञ्चालनमा रहेका छन् । मानबिकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान संकाय, ईन्जिनियरिङ्ग र कानुन संकाय गरी ६ वटा संकाय सञ्चालनमा रहेको विश्वविद्यालयमा मानबिकी संकायमा नै पहिलो विद्युतिय हाजिरी शुरुवात गरिएको हो । २०७३ साल चैत महिनाबाट शुरु गरिएको यो प्रविधिले सबै कर्मचारी तथा शिक्षकहरूलाई पारदर्शि बनाउनुका साथै पठनपाठनमा समेत राम्रो भएको विद्यालय व्यवस्थापनले बताएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?