© २०२३
डि पि खनाल
सभापति, मानवअधिकार तथा शान्ति समाज, रूपन्देही
मानव अधिकार संस्कृतिको लागि मानव अधिकार समूदायको बलियो आधार तयार गर्ने, शान्ति संस्कृतिको निर्माण र अभिवृद्धिमा योगदान गर्ने, लोकतान्त्रिक संस्कृतिलाई मजबुत बनाउने र अहिंसात्मक संस्कृतिलाई गहिरो बनाउँदै भयरहित सामाजिक परिवेशको सिर्जनाका लागि योगदान गर्ने मूल उद्देश्यका साथ मानव अधिकार तथा शान्ति समाज स्थापना भएको देखिन्छ ।
रूपन्देहीमा पनि समाजको स्थापना बि.सं. २०५६ सालमा स्थापना भएको हो । उक्त संस्थाको सभापतिको नेतृत्व रूपन्देहीको साबिकको दुधराक्ष गाविस (सैनामैना नगरपालिका) वडा नंं ८, भड्सा गाउँमा जन्मिएका डिपि खनालले गरेका छन् । बि.सं. २०६५÷०६६ तिर समाजको सदस्य बनेका उनी दुई कार्यकाल कार्यसमिति सदस्य, सहसचिव, सचिव र उपसभापतिमा एक÷एक कार्यकालको अनुभव लिइसकेका छन् । खनाल बुटवलको मिलनचोकमा रहेको अक्सबृज इन्टरनेशनल एकेडेमीका निर्देशक समेत हुन् । प्रस्तुत छ, सभापति खनाललाई कार्यकालमा गर्ने तीन कामबारे बुटवल टुडेकर्मी कृष्ण मल्लले गरेको प्रश्नको जवाफको सारसंक्षेपः
तपाईंले आफ्नो कार्यकालमा गर्ने मुख्य तीन प्राथमिकताका काम के के हुन् ?
मुख्यगरी अधिकारबाट बन्चितलाई न्याय दिलाउने काम मेरो पहिलो प्राथमिकतामा रहन्छ । अर्को मानवअधिकार क्षेत्रको अभियानमा लाग्नेहरूलाई सँगसँगै लिएर जाने कामलाई पनि म ध्यान दिनेछु भने हाम्रो संस्था मानवअधिकार तथा शान्ति समाज, रूपन्देहीलाई जिल्लामा सक्रिय मानव अधिकारवादी संस्थाको रूपमा क्रियाशील गराउनमा पनि म उत्तिकै लाग्नेछु ।
यी काम किन तपाईको प्राथमिकतामा परे ?
प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्मको यात्रामा समाजमा न्याय पाउनबाट बन्चित हुने क्रम रोकिएको छैन । शक्ति, सत्ता र राजनीतिबाट न्याय दिलाउने भन्दा पनि कहिलेकाहीँ आफ्ना मान्छे परेको देखिएमा न्यायलाई कानून र भाषणमा मात्र सिमित गर्ने परिपाटी कायमै छ ।
अर्कोतिर मानवअधिकारका क्षेत्रको अभियानमा हिँड्नेहरू एक्ला एक्लै हिँडेर न्यायबाट पीडितलाई न्याय दिन सम्भव पनि छैन । त्यसैगरी न्याय दिने सामाजिक संस्थाहरू पनि छन् भन्ने बिषय जनस्तरसम्म अझैपनि पुग्न सकेको छैन् । त्यसैले मैले ति तिन बिषयलाई प्राथमिकता दिन खोजेको हुँ ।
तपाईंका तीन प्राथमिकतामा परेका कामलाई कसरी पूरा गर्नुहुन्छ ?
मेरो योजना र प्राथमिकतालाई पूरा गर्नका लागि सहकार्य र सम्वादलाई नै मैले पहिलो प्राथमिकता दिनेछु । मैले न्याय नपाउनेहरूको ढोकासम्म पनि समाजलाई पु¥याउनेछु । न्याय नपाउँदासम्म न्याय दिने निकायमा पनि समाजले खबरदारी गर्नेछ । शान्ति समाजले अन्तरसम्वाद, बहस, छलफल, शान्ति ¥याली र विज्ञप्तीलाई पनि न्याय दिलाउने औजारको रूपमा लिनेछ ।