© २०२३
बुटवल, ८ माघ
आठौ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट भलिबल कप छात्रछात्रा भलिबल प्रतियोगिता २०७९ को छात्रतर्फ कुवरवर्ती बोर्डिङ स्कुल र छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुल उपाधि जितेका छन । एभरेष्ट बोर्डिङ स्कुलको आयोजनामा आईतबार भएको छात्र फाईनल खेलमा मणिमुकुन्द माविलाई ३–१ को सेटमा पराजित गर्दै कुवरवर्तीले उपाधि हात पारेको छ । यसैगरि छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले कुवरवर्ती बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा उपविजेता छात्रतर्फ मणिमुकुन्द मावि र छात्रातर्फ कुवरवर्ती नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन । प्रतियोगितामा छात्रतर्फ कुवरवर्तीका सुर्य बिक र छात्रातर्फ एभरेष्ट कि शान्ता सुनार उत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए ।
स्कुलको भलिबल कोर्टमा भएको छात्र फाईनल खेलको पहिलो सेट कुवरवर्तीले २५–१९ अंकले जित्दै अग्रता लियो । दोस्रो सेट मणिमुकुन्दले २५–१९ अंकले जित निकाल्दै खेल बराबरीमा ल्यायो । तेस्रो सेट र चौथो सेट भने कुवरवर्तीले २५–२३, २५–२२ अंकले जित्दै उपाधि चुम्न सफल भयो ।
यसैगरि छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले कुवरवर्ती बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । फाईनलमा खेलमा एभरेष्टले कुवरवर्तीलाई २५–१६, २५–११, २५–१२ को अंकले खेल जितेको हो । प्रतियोगितामा छात्रतर्फ सेन्ट जोसेफ बोर्डिङ स्कुल तेस्रो हुँदै नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने छात्रातर्फ न्यु होराईजनले दिप बोर्डिङ स्कुललाई २५–१७, २५–६ को सेटमा पराजित गर्दै तेस्रो भएको छ । तृतिय न्यु होराइजन नगद १० हजार रुपैया, रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, कालिका मानव ज्ञान माबि ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, कालिका मानवज्ञान कलेजका प्राध्यापक घनश्याम पाठक, विद्यालय ब्यवस्थापन समितिका सदस्य भिम बहादुर श्रेष्ठ, प्रधानाध्यापक कृष्ण न्याौपाने, सहप्रधानाध्यापक भिमसेन गौतमले विजयी टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले प्रतिस्प्रर्धा गरेको खेल संयोजक अर्जुन घिमिरेले बताए ।