© २०२३
बुटवल,२६ पुस । लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आधा आधा कार्यकाल गर्ने सहमति भएको छ ।
यसअघि एमालेले पाँचै बर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, मुखयमन्त्रीका दावेदार माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आलोपालो हुनुपर्ने भन्द्र पार्टी नेतृत्व समक्ष
अडान राखेपछि आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आलोपालो सरकारको नेतृत्व गर्न दुबै दलका शीर्ष नेताबीच सहमति भएको बताए । स्रोतका अनुसार एमालेका लिला गिरीले पहिलो साढे २ वर्ष र महराले पछिल्लो साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको छ । यसअघि लुम्बिनी, गण्डकी र प्रदेश १ सरकारको नेतृत्व ५ वर्ष नै एमालेले गर्ने केन्द्रमा सहमति भएको थियो ।