ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

घोराहीको १२ औँ नगरसभा, घर नक्सा पास तथा अभिलेखिकरण खुला गर्ने निर्णय

१८ पुष २०७९, सोमबार
१८ पुष २०७९, सोमबार

बुटवल, १८ पुस । घोराही उपमहानगरपालिकाको १२ औँ नगरसभा तथा अधिबेशनले केही योजना र ऐनहरु संशोधन गरेको छ । सोमवार बसेको सभाले चालु आर्थिक बर्ष २०७९÷८० का केही योजना तथा कार्यक्रम संशोधन गरेको हो । वडा तहबाट परिवर्तन गर्नुपर्ने भनि आएका योजना तथा कार्यक्रमहरु संशोधन भएका छन् । कार्यक्रम सञ्चालन हुन नसक्ने भएको र योजना परिवर्तन गर्नुपर्ने भएका त्यस्ता योजनाहरु संशोधन भएका हुन् ।
नगरसभाले घर नक्सा पास तथा अभिलेखिकरण कार्य खुला गर्ने निर्णयलाई पास गरेको छ । घरनक्सालाई व्यवस्थित गर्ने र भुकम्प प्रतिरोधी भवन बनाउन प्रेरित गर्ने गरि अभिलेखिकरण गर्ने भएको हो । घर नक्सा पास गर्दा जरिवाना करमा छुटगर्ने निर्णय भएको छ । भवन निर्माण संहिता अुनसार सबै घरहरुलाई अभिलेख गरि सुरक्षित गराउने उपमहानगरले जनाएको छ । विधि पुगेका, प्राविधिकरुपले योग्य भएका, नक्सा पासमा छुटेका घरहरुलाई प्रकृया पुराएर नक्सा पास गरिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । यो प्रकृयामा दुई देखि ३ महिना सम्म आबेदन खुल्ला गरेर सबै घरहरुको अभिलेख राखिने भएको छ ।
नगरको शिक्षा ऐन २०७५ लाई समेत संशोधन गरिएको छ । जस अनुसार शिक्षा युवा तथा खेलकुद महाशाखाको सट्टा सामाजिक विकास महाशाखा राख्ने, संघ र प्रदेशबाट छनौट भएका बाहेक नगर कार्यपालिकाबाट नमूना विद्यालय छनौट गर्ने, नगर भित्र हरेक बर्ष शिक्षक कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताहरुको नगर शिक्षा समितिले दरबन्दी मिलान गर्ने भएको छ । यसैगरी, समयमा कर नतिरेका व्यवसायीलाई करमा छुट दिएर करको दायरामा ल्याउने निर्णय पनि पारित भएको छ ।
यस अघि प्रत्येक चालु आर्थिक बर्षको असार मसान्त सम्म कर नबुझाई बक्यौता कायम हुन आएका बक्यौता कायम हुन आएको आर्थिक बर्षबाट थप १० प्रतिशतका दरले विलम्ब जरिवाना जोडि बक्यौता असुल हुदै आएकोमा आगामी २०८० साल बैशाख मसान्त भित्र तोकिएको कर तिर जरिवाना पूर्णरुपमा छुट गरिने सभाले निर्णय पारित गरेको छ ।
कोरोना महामारी, उच्च व्याजदर तथा आर्थिक मन्दिका कारण व्यवसायमा पर्न गएको मारलाई मध्यनजर गरी सहुलियतपूर्ण रुपमा सम्पूर्ण व्यवसायीलाई करको दायरामा ल्याउन उक्त संशोधन गरिएको नगर प्रमुख चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?