ट्रेंडिंग:

>> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा

कपिलवस्तुबाट वैदेशिक रोजगारीमा ८१ हजार

१५ पुष २०७९, शुक्रबार
१५ पुष २०७९, शुक्रबार

कपिलवस्तु, १५ पुस ।

कपिलवस्तु जिल्लाबाट गत आर्थिक बर्ष सम्म ८१ हजार ८ सय १५ जनाले वैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृती लिई बैदेशिक रोजगारीमा गएको देखिएको छ । जिल्लाका स्थानीय तह र सामी÷हेल्भेटास नेपालले आयोजना गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम भावी योजना सम्बन्धी स्थानीय तहका पदाधिकारीसँगको अन्तक्र्रियामा सो जानकारी दिईएको हो ।

सो अवसरमा हेल्भेटासका कार्यक्रम संयोजक सनत प्रसाद सापकोटाले नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या ६४ लाख नाघेको बताए । त्यसैगरी लुम्बिनी प्रदेश भरिबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा जानेको संख्या ८ लाख ६० हजार ७ सय ८५ जना रहेको उनले जनाए । त्यसैगरी गत आर्थिक बर्ष २०७८÷७९ मा बैदेशिक रोजगारीका लागि श्रम स्वीकृती र पुनः श्रम स्वीकृती लिई जानेको संख्या ६ लाख ३० हजार ९० रहेको र जसमा महिलाको संख्या ४९ हजार १ सय २८ (८ प्रतिशत) रहेको जनाईएको छ ।

गत आर्थिक वर्षमा श्रम स्वीकृती लिएर बिदेश जानेको संख्या हाल सम्मकै बढी हो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा वैदेशिक रोजगारीमा मृत्यु हुनेको संख्या १ हजार २ सय ४३ र अंगभंग हुने १ सय ४३ जना थिए । सोही आर्थिक वर्षमा कपिलवस्तुबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका २२ जनाको शव आएको बैदेशिक रोजगार बोर्डको तथ्याङ्क रहेको जानकारी गराईएको छ । वैदेशिक रोजगारको अवस्था, अवसर, चुनौती र समाजमा परेका प्रभावबारे प्रस्तुतीकरण मार्फत जानकारी दिंदै सापकोटाले वैदेशिक रोजगारीमा जाने श्रमिक मात्रै नभई उनका परिवार र समाजलाई नै बिभिन्न चुनौती सामना गर्नु परेको बताए ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई कसरी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हेल्भेटासका कार्यक्रम अधिकृत जियाउल हकले जानकारी दिए । सामी कार्यक्रमले वैदेशिक रोजगारीमा गएका, रहेका, फर्किएका र उनका परिवारलाई लक्षित गरी सूचनामा पहुँच, न्यायमा पहुँच, सिप किासका तालिम, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताको कार्य गरेको जिल्ला परियोजना व्यवस्थापन समितिका सदस्य सचिव हरि प्रसाद ज्ञवालीले बताए । वैदेशिक रोजगारीबारे सचेतना प्रवाहका लागि सामी कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १ हजार ३ सय २८ मावि तहका बिद्यार्थी र रिटर्नीहरुलाई अभिमुखीकरण र अन्तििक्र्रया गरिएको उनले जनाए । सामी कार्यक्रम काठमाडौ सहित ३८ जिल्लाका १ सय ५६ स्थानीय सरकारको अगुवाईमा सञ्चालनमा रहेको हेल्भेटासका प्रदेश संयोजक पञ्चराम चौधरीले बताए । स्विस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा १५ जिल्लाको ६० स्थानीय तहमा र २३ जिल्लाको ९६ स्थानीय तहमा नेपाल सरकारको सशर्त बजेटबाट सामी कार्यक्रम सञ्चालनमा रहको उनले प्रष्ट्याए ।

सो अवसरमा कार्यक्रमको समयावधी २०८१ असार मसान्त सम्म बिस्तार भए पनि सो पश्चात कार्यक्रम निरन्तरताका लागि छलफल चलाईएको थियो । आफ्नै श्रोतमा बुद्धभूमी नगरपालिकाले सामी कार्यक्रम सञ्चालन गर्दै आएको प्रष्ट्याउँदै प्राबिधिक सहयोगका लागि सहयोग गरिदिन प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले हेल्भेटाससँग आग्रह गरे ।

अब सिप, सिकाई र उद्यमशीलताको बिषयलाई वैदेशिक रोजगारीसँग जोडेर बिदेश जान खोज्ने जनशक्तिको दक्षता अभिवृद्धि गर्नुपर्ने बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको सुझाव थियो । वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क संकलन र सचेतना प्रवाह प्रभावकारी बनाउनु पर्नेमा बुद्धभूमी नगरपालिकाकी उपप्रमुख मिरा थारुले जोड दिईन् ।

कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाले आवश्यक योजना र श्रोतमा सहयोग गर्ने मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानको प्रतिबद्धता थियो । सामी कार्यक्रम आवश्यकतामा आधारित भएकाले स्थानीय तहले अपनत्व लिएको जिल्ला परियोजना व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । कार्यक्रमले वैदेशिक रोजगारका समस्या समाधानमा सहयोग पुर्याएको बताउँदै २०८१ पछि पनि कार्यक्रमको निरन्तरताका लागि आफुहरु तत्पर रहेको पौडेलको प्रतिबद्धता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?