© २०२३
बुटवल,१४ पुस । सत्ता गठबन्धनले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने निर्णय गरेको छ ।
मस्यौदाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा हरेक दलको प्रतिनिधिसहितको समिति बनाउने निर्णय भएको छ ।
आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र लामिछाने सहभागी थिए ।
बैठकमा राप्रपा पनि सरकारमा जान तयार रहेको र न्यूनतम साझा कार्यक्रममा राप्रपाको मागसमेत समेटिने भएको छ ।
मन्त्रिपरिषद् विस्तारका लागि छलफल भएपनि गठबन्धन दलहरूबीच प्रदेशसम्म प्याकेजमै सहमति हुने भएकाले टुंगो लागेको छैन ।