© २०२३
सूचना प्रविधिको उपयोगिता बिना विकास असम्भव रहेको सरोकार निकायका अगुवाहरूले बताएका छन् । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) बाँके शाखाको शनिबार सम्पन्न भएको दशौं साधारणसभामा बोल्ने बक्ताहरूले हर क्षेत्रमा सूचना प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमकी प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख उमा थापामगरले सूचना प्रविधिका क्षेत्रलाई अधिकत्म प्रयोग गरेर नेपालगन्जलाई स्मार्ट सिटी बनाउने अभियान चलिरहेको बताईन । उनले भनिन्,—‘हामीले स्मार्ट नेपालगन्ज बनाउने गरी काम सुरु गरेका छौं । अबको केही समयमै यसको नतिजा देख्न पाइन्छ ।’ कार्यवाहक प्रमुख थापाले सूचना प्रविधिको बिषयमा जनप्रतिनिधिदेखि आमनागरिकसम्मलाई सूचना प्रविधिको फाईदाको बिषयमा बुझाउन बाँकी रहेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सूचना प्रविधिको क्षेत्रमा नीजिक्षेत्रले उल्लेखिय काम गरेको बताए । उनले नेपालगन्जलाई स्मार्ट बनाउनकै लागि आफूहरूले नगरभरी सिसिटिभी राखेको बताए । अझै यस क्षेत्रमै थुप्रै काम गर्न बाँकी रहेको उनले बताए । क्यान महासंघका केन्द्रीय सदस्य इश्र्वर पोख्रेलले सूचना प्रविधियुक्त नेपालगन्ज बनाउनका लागि क्यान महासंघले देशभरी नै सहयोग गरेको बताए । ‘हामीले सरकारको स्मार्ट नेपाल बनाउने अभियानलाई सघाईरहेका छौं ।’— पोख्रेलले भने,—‘आगामी दिनमा पनि सहयोग गरिरहन्छौं ।’
क्यान महासंघका केन्द्रीय सदस्य इश्र्वर पोख्रेलले स्मार्ट सिटी जस्ता बिषयहरू लोकप्रिय भएपनि त्यसलाई सार्थक बनाउन धेरै काम गर्न बाँकी रहेको बताए । ‘यि कुराहरू गर्न सजिलो छ । तर पुरा गर्नका लागि कुरा गरेजस्तो मात्र होइन,’उनले भने । अर्का केन्द्रीय सदस्य रेशम गिरीले स्थानीय तहलाई सूचना प्रविधियुक्त बनाउनका राज्य र नीजि क्षेत्र लाग्नुपर्नेमा जोड दिए । जनप्रतिनिधिलाई सूचना प्रविधिको उपयोगिताका बिषयमा जानकारी गराउन आवश्यक रहेको बताए । पूर्व केन्द्रीय उपाध्यक्ष सन्जय थापाले सूचना प्रविधिको उपयोगिताबाट मात्र सम्बृद्धि नेपाल बनाउन सकिने बताएका छन् ।