© २०२३
राष्ट्रियता बचाउने बिषयमा बामपन्थी शक्ति सबै एक हुनुपर्ने पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले बताएका छन् । राष्ट्रियता माथिको खतरा अझै नटरेको भन्दै खनालले एकिकरणको अभियानमा आउन नसकेका बामपन्थी शक्तिलाई पनि संगै आउन आग्रह गरे ।
कार्ल माक्र्स द्विशतवार्षिकी समारोहको प्रादेशिक गोष्ठीको शुक्रबार नेपालगन्जमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री खनालले अझै पनि नेपालका सिमाना स्पष्ट नभएको, कालपानी जस्तो नेपालको भुगोललाई ठोकुवाका साथ नेपालको हो भन्न नसकिरहेको अबस्था रहेको बताए ।
देशको राष्ट्रियता बचाउनका लागी अहिलेको सरकारको काधमा ठुलो जिम्मेवारी आईरहेको बताउँदै खनालले राष्ट्रियता बचाउने सवालमा सम्पुर्ण कम्युनिष्टहरु एक हुन जरुरी रहेको बताए ।
अहिलेको संबिधान अझै पनि अन्तिम नभएको बताउँदै नेता खनालले समय र माग अनुसार संबिधानलाई परिमार्जित गर्दै लैजान सकिने बताए ।
संबिधानलाई अझै बिकसित गर्दै लैजानुपर्ने बताउँदै खनालले संबिधान निर्माणकै कामले दुई पार्टि एक भएको उल्लेख गरे । नेता खनालले पुजीबाद सवैलाई पढ्न आग्रह गरे । पुजीवादको अन्त्य गरेमात्र देशको समृद्धी कायम हुने उनले बताए । बामपन्थी विकासित हुन नसकेको देश पछाडी परेको उनको दाबी थियो ।
यस्तै नेता घनश्याम भुषाल, राम कार्की लगायतले देशभर माक्र्सबादको प्रचार गर्ने माक्र्सबादको अध्ययन अध्यापन गर्ने माक्र्सबादको बारेमा बहस छलफल गर्ने अन्र्तक्रिया गर्ने गरिएको बताए । उनीहरुले माक्र्सबादको बिचारबाट नेपलाको समृद्धी, बिकास र सार्बभौमिक अखण्डता गर्न सकिने हुदा माक्र्सका बिचारहरु प्रबाह गर्नका लागि नेपालगन्ज आएको बताए ।