© २०२३
कावासोतीका पुरुषोत्तम भुसालले सामान्य हाउस वायरीङ्गबाट सुरु गरेको व्यवसाय अहिले लोभ लाग्दो बन्दै गएको छ । नवलपरासीको पूर्व नवलपुरको कावासोती नगरपालिका वडा नं. ८ ईन्द्रचोकमा रहेको प्रज्वल इन्टरप्राइजेज्मा ए.सी., चिम्नी, वाटर फिल्टर, सोलार, व्याट्री, पानी तताउने सोलार, पंखा, वाल लाईट, डोम लाईट विक्रि एवम् मर्मत तथा हाउस वायरिङ्ग, इण्डष्ट्रियल वायरिङ्गको काम हुन्छ । सञ्चालक भुसालले आफू सानै हुँदा आफ्नो दाजुले गरेको काम देखेकै आधारमा व्यवसायमा लागेको बताए । यही पेशालाई नै निरन्तरता दिनका लागि घर परिवार र दाईल सहयोग गरेको भुषालको भनाई छ । दैनि दाईले पसलमा काम गर्ने म पनि त्यही कामलाई निकै रुचीका साथमा हेर्दथ्थे साहेद त्यसैको फल हुन सक्छ आज म जहाँ छु ।
भुषालले विदेशमा लामो समय सम्म हाउस वायरिङ्गको काममा गरेको बताए । आफुले सिकेको सीपलाई विदेशमा समेत उपयोग गरेर केहि आर्थिक उर्पाजन गरे पनि स्वदेशमै रमाउने सोचले व्यवसाय शुरु गरेको उनको भनाइ छ । २०६९ सालको अन्त्य तिरबाट सुरु गरेको यस पसलमा हाल ५ जना यूवाहरूको साथमा भुसालले कावासोतीसंगै पूर्वमा रजहर तल माथी पश्चिममा दुम्कीबास सर्दी लगायतका क्षेत्रमा आफूले सेवा पुराउँदै आएको बताए । करिब ९ लाखको लागतमा आफुले सुरुवात गरेको प्रज्ज्वल इन्टरप्राइजेज्को कामले आफुलाई सन्तुष्टी बनाएको भुसाल बताउँछन् ।
इन्टरनेटको जमाना भएकाले पनि कुनै पनि नयाँ प्रविधि आउनासाथ त्यसको हल पनि गर्ने भएकाले खासै दुःख नभएको भुसाल बताउँछन् । भुसालले अहिले आफ्नो व्यवसायमा ५जना यूवाहरूलाई रोजगारी दिएका छन् । समाज जसरी प्रविधिको क्षेत्रमा जसरी फड्को मारी रहेको छ युवा पुस्ता पनि रमाएका छन् । पछिल्लो समयमा धेरै नयाँ नयाँ प्रविधिहरू आइरहेका छन् । मैले पनि त्यसैलाई पछ्याईरहेको छु । ग्राहकले पनि त्यस्तै नयाँ नयाँ प्रविधिको माग गर्दछन् । उनीहरूको मागलाई ध्यान दिँदै मैले सेवाहरू प्रदान गरिरहेको छु । मेरो व्यवसायमा संलग्न भाईहरू पनि प्रविधिसँग नजिक रहेका छन् । उनीहरूले बजारमा आउने नयाँ प्रविधिको ज्ञान लिने र ग्रहाकलाई त्यबारेमा जानकारी दिने गरेका छौं । नयाँ प्रविधिले काम गर्न सहर भएको छ । नयाँ प्रविधिले काम गर्न छिटो हुने भएकाले पनि सहजता प्रदान गर्ने गर्दछ । सबै ठीकै हँुदा पनि यो क्षेत्रमा काम गर्ने कामदार अभावले गर्दा केहि समस्या भएको भुषालको भनाई छ । तर स्वदेशमै बसेर पनि आफुले सिकेको सीपलाई प्रयोग गर्न सके विदेशमा भन्दा राम्रो कमाई हुने उनको दाबी छ । विद्युतको खपतको लागी विभिन्न नयाँनयाँ प्रविधि भित्रदै गर्दा आफुले पनि सोही अनुसार काम गर्ने गरेकोे भुसालले बताए । इलेक्टिक संम्बन्धी सबै खाले काम गर्ने भएकोले भुसालले सबै ग्राहकहरूलाई सेवा गर्ने अवसर प्रदान गर्नको लागी अनुरोध गरेका छन् ।à