© २०२३
सीता वली
सुर्खेत, असार
विहानै उठी तरकारी बारीतिर पस्छन् । बंगुरको समेत हेरचाह गर्छन् । तरकारीबारी र बंगुरको हेरचाह गरेपछि अबिन डेरामा खाना पकाएर खान्छन् अनी विद्यालयका जान्छन् । यो अविन तामागको दैनिकी हो । उनि शिवपुरी गांउपालीका ५ नुवाकोटका अबिन तामाङ् जनज्योती माध्यामीक विद्यालय बङिचौर सुर्खेतमा तिनवर्षे कृषी जेटिएका विद्यार्थी हुन । विद्यालयको पढाई दिउसोमा सञ्चालन हुने उनले विहानको दैनिकी त्यसरी बितेको हो ।
बिहानको मात्र होइन बेलुकी विद्यालयबाट फर्कीसकेपछि दैनिकी पनि उनको उस्तै छ । विद्यालयबाट फर्केपछि उनी गृहकार्य गर्ने र तरकारी तथा बंगुरको हेरचाह गर्ने गर्दछन् । अपरिचित व्यक्तिले त अबिनलाई विद्यार्थी होईन व्यवसायी ठान्दछन् ।
२०७२ सालमा अबिनले श्री विज्ञान माध्यामीक विद्यालय नुवाकोटबाट एसएलसी पास गरेका थिए । उच्च शिक्षाको लागी काठमान्डौं हानीएका अबिनलाई उनका मामाले काडमान्डौंमा नै १५ महिने कृषी पढ्न सल्लाह दिए । शुरुमा त अबिनलाई कृषी पढ्न रहरपनी थिएन । तर पढ्दापढ्दै उनलाई कृषीमानै भविष्य छ भन्ने लाग्यो । अबिनको २०७२ सालको भुकम्पले पुर्णरुपमा घरबारी क्षती पु¥याएको थियो । कान्तीपुर कम्युनीटि हेल्थ सर्भीसमा १५ महिने कृषी पढ्दापढ्दै नेपाल सरकारले भुकम्प प्रभाबितका लागी निशुल्क प्राविधिक शिक्षाका लागी आव्हान गरेपछि अबिनले पनी प्रवेशिका परिक्षा दिएका थिए । प्रवेशिका परिक्षा पास गरेपछि अबिन जनज्योती माध्यामीक विद्यालय बड्डिचौर सुर्खेतमा तिनवर्षे कृषी जेटिए पढ्दैछन् ।
देशभर करिब ५ सय भुकम्प प्रभाबित विद्यार्थीलाई नेपाल सरकारले निशुल्क पढाउने भनेपछि अबिनले जनज्योती माध्यामीक विद्यालयमा पढ्ने मौका पाएका थिए । जनज्योतीमा पढ्दै गर्दा कमाउंदै पढ्दै गर्ने अबसर विद्यालयले दिने कुरा अबिनलाई थाहा भयो । जब अबिनलाई विद्यालयले कमाउंदै पढ्दै गर्ने अवसर दिने कुरा थाहा भयो अबिनलाई पत्यारै लागेको थिएन । त्यसपछि विद्यालयको नियमअनुसार ५ जनाको समुह निर्माण गरी अबिन कमाउंदै पढ्दै गर्ने अभियानमा लागे ।
अहिले अबिनले बंगुर र तरकारीबाट आफ्नो खर्च आंफै निकाल्छन् । उनी भन्छन् ‘ मलाई अचम्म लाग्यो कमाउंदै पढ्दै कसरी सम्भब होला तर प्रयास गरे जे पनी हुंदो रैछ । शुरुमा हामी ५ जना साथीहरु मिलेर चालीस हजार विद्यालयाबाट ऋण झिकेर बंगुर पालन गरेका थियांै । त्यो ऋण तिरेर पनी हामीले करिब तीस हजार जती फाईदा कमायौं । अहिले म एक्लैले बंगुर र तरकारी गरेको छु । राम्रै आम्दानी भएको छ । ’
उनी थप्छन् ‘ अरु साथीहरु परिक्षा सकाएर घर गए मलाई घर जानै मन लागेन अब यी बंगुर बेचेर मात्रै घर जान्छु । ’ अबिन मात्रै हौईन, त्रीपुराशुन्दरी नगरपालीका २ डोल्पाकी तीला कुमारी थापा पनी एकाबिहानै उठ्छिन् खाजा खाएर कोदालो हातमा लिएर बारीतिर पस्छिन् । बिहानभरी तरकारी बारीमा काम गरेपछि तीला डेरामा आएर खाना पकाउंछिन् र खाना खाएर विद्यालय जान्छिन् । बेलुकी पनी विद्यालयबाट फर्किसकेपछि गृहकार्य सक्ने र खाजाखाएर बारीमा पस्ने उनको पनी दैनिकी हो । डोल्पा जिल्लाबाट वीरेन्द्रनगर सुर्खेतमा प्लसटु पढ्न आएकी तीलालाई उनका अंकल खगेन्द्रप्रसाद भट्टराईले यहांसम्म पु¥याएका हुन् जहां कमाउंदै पढ्दै गर्ने अवसर तीलालाई मिलेको छ ।
तीलाले जनज्योतीमा पढ्न थालेको करिब १० महिना भयो उनले विद्यालयको खर्च र आफ्नो व्यक्तिगत खर्च घरबाट माग्नु परेको छैन । तरकारी बेचेरै उनले आफ्नो पढाई खर्च निकालेको बताउंछिन् । यो दैनिकी तीला र अबिनको मात्रै होईन जनज्योती माध्यामीक विद्यालय सर्खेतमा प्राविधिक शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीको हो । विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने ३ सय १३ जना विद्यार्थी छन् यी सबैका समुहगत व्यवसाय छन् । २०२९ सालमा स्थापना भएको जनज्योती माध्यामीक विद्यालयमा कृषी विषय पढाई भने २०६८ सालदेखी मात्रै शुरु भएको विद्यालयका प्राध्यानाध्यापक नारायण प्रसाद सिग्देलले बताउंछन् ।
सिटिभिटिई बाट सम्बन्धन प्राप्त चारवटा विषय जनज्योतीमा सञ्चालनमा छन् । १५ महिने कृषी र १५ महिने भेटेनरी तथा ३ वर्षे कृषी र ३ वर्षे भेटेनरी विद्यालयले सञ्चालनमा ल्याएको छ । नेपालका २६ जिल्लाका विद्यार्थी जनज्योतीमा अध्ययन गर्न आउने गरेको प्राचार्य सिग्देलले बताउंछन् । उनी भन्छन् ‘ विद्यालयबाट सामान्य शिक्षा पढेर गएका विद्यार्थीहरु अव्यवहारिक शिक्षाकै कारण बेरोजगार बस्नुपरेको छ । कतीपय विद्यँर्थी त खांडि मुलुकमा भौतारिनु परेको छ । त्यसैले विद्यँलयले विद्यँर्थीलाई व्यवहारिक शिक्ष्ाँ दिई आत्मानिर्भर बनाउनको लागी यो प्रयास गरेको हो । ’ २०७२ सालमा विद्यँलयले महायज्ञ सञ्चालन गरी करिब ४० करोड १५ लाख रुपैयां संकलन गरेको थियो त्यहि पैसाबाट विद्यालयले २० विगाहा जमीन खरिद गरी विद्यँर्थीहरुलाई कृषी गर्न दिने गरेको सिग्देलको भनाई रहेको छ ।
अहिले विद्यालयले गाईफर्म, ७६ घार मौरी,खरायो, माछा, बंगुर तथा धान र तरकारी खेती गर्दै आएको छ । अझै विद्यालयले विद्यँर्थीहरुलाई प्रयाप्त ऋण, जग्गा दिन नसकेको प्राध्यापक सिग्देल बताउंछन् । नेपाल सरकारले यसरी व्यवहारिक शिक्षा लिएर फर्केका विद्यार्थीका लागी प्रयाप्त अनुदान दिन सक्यो भने नेपाल कृषीमा परनिर्भर हुनुनपर्ने प्राध्यापक सिग्देलको भनाई छ ।