ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

अवैधानिक क्लिनिक छ्यापछ्याप्ती

२२ असार २०७५, शुक्रबार
२२ असार २०७५, शुक्रबार

विगत लामो समय देखी दाङका धेरै जसो स्वास्थ्य संस्था दर्ता नगरेरै सञ्चालनमा आईरहेका छन् । जिल्लामा करीव तीन सयको हाराहारीमा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेपनि जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुने स्वास्थ्य सस्थाको संख्या जम्मा ९४ रहेको छ । तर जिल्लाको भालुवाङ देखी पश्चिम हापुरे सम्म धेरै स्वास्थ्य क्लिनिकहरु अहिले पनि निर्वाध रुपमा सञ्चालनमा छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा जिल्लामा कति स्वास्थ्य संस्था सञ्चालनमा छन् भन्ने एकिन विवरण भने छैन । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख प्रकाश कुमार योगीका अनुसार दर्ता भएका स्वास्थ्य संस्थाको संख्या ९४ रहेको छ । दर्ता नभएर सञ्चालन भएका स्वास्थ्य संस्थाको एकीन विवरण आफुहरु संग नरहेको योगी बताउछन् । ‘दर्ता भएर सञ्चालनहुने स्वास्थ्य संस्थाहरुको विवरण कार्यालयमा हुन्छ तर दर्ता नभएर सञ्चालन भएका स्वास्थ्य संस्थाको विवरण हुँदैन योगीले भने । दर्ता नगरेका तथा नविकरण नगर्ने स्वास्थ्य संस्थाहरुले लुकीछिपी ब्यबसाय गरिरहेको भन्दै स्थानीय समुदायले जानकारी दिएमात्रै मापदण्डमा ल्याउन सकिने उनले बताए । कार्यालयमा पनि दर्ता बिना धेरै स्वास्थ्य संस्थाहरु चलिरहेको भन्ने ब्यापक गुनासो आउने गरेको छ तर कर्मचारी अभावका कारण अनुगमन समेत गर्न नसकिएको उनको भनाई छ । “नविकरणका लागि पनि धेरै स्वास्थ्य संस्थाले निवेदन दिएपनि कर्मचारी अभावकै कारणले नविकरण गर्न सकिएको छैन” योगीले भने । केही स्वास्थ्य संस्थाले दर्ता गरेपनि नविकरण भने गरेका छैनन् । तर केहीले भने नविकरणका लागि निवेदन दिएका छन् ।
जिल्ला स्तरीय स्वास्थ्य संस्था सञ्चालक तथा अनुगमन समितिका सदस्य देबिलाल डाँगीका अनुसार दाङका धेरै हस्पिटल, पोलिक्लिनिक, स्वास्थ्य क्लिनिकहरु दर्ता बिना चल्दै आएका छन् । स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा लापरबाही हुनु दुखद भएको आम नागरिकको भनाई छ । अहिले स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरु नै मापदण्ड बिपरित चल्नु जनताको स्वास्थ्यमाथी खेलवाड गर्नु रहेको सेवाग्राहीहरुको बुझाई छ । पसल तथा क्लिनिक सञ्चालनमा लागी सरकारी प्रावधान अनुसार दर्ता गर्नुपर्ने लगायतका नियम छन् । तर अधिकांश पसलहरु दर्ता बिनै चल्दापनि नियमनकारी निकायले आँखा चिम्लदा सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड भैरहेको छ । उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार वस्तु र सेवाको मूल्यसूची उपभोक्ताले सहज रूपमा देख्ने गरी राख्नुपर्ने प्रावधान छ । उपभोक्ताले लिएको वस्तुको परिमाण अनुसार दर खुलाएर बिल पनि दिनुपर्ने हुन्छ । तर दाङका अधिकांश मेडिकल, क्लिनिक, अस्पताल र नीजि स्वास्थ्य संस्थानहरुले न त मूल्यसूची राखेका छन, न त किनेको औषधिको विल नै दिन्छन् । स्वास्थ्य संस्थाहरुले यसो गर्दा राज्यलाई तिर्नुपर्ने कर समेत छल्दै आएकाछन् भने निजी क्लिनिक,अस्पतालले मूल्यसूची नराख्दा सेवाग्राहीहरु ठगिँदै आएका छन् । जिल्लाका विभिन्न स्थानमा गैरकानूनी रुपमा स्वास्थ्य संस्था सञ्चालनमा आएपनि नियमनकारी निकाय जिल्ला जनस्वास्थ्य कार्यालयले बेमौसमी बाहेक नियमति अनुगमन भने गर्न सकेको छैन ।
स्वास्थ्य संस्थाहरुले औषधिमा मनोमानी मूल्य लिने, सामान्य ज्ञान भएका व्यक्तिले नै बिरामीको स्वास्थ्य परीक्षण गरेर औषधि दिने र कतिपय क्लिनिकले अनुमतिबिना आफूखुशी शैया समेत राखेको उजुरी जिल्ला जनस्वास्थ्य कार्यालयमा आउने गरेको छ । यस्ता औषधि पसल, क्लिनिक एवम स्वास्थ्य संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान भए पनि अहिलेसम्म सम्बन्धीत निकायमा दर्ता नभएको कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?