© २०२३
कपिलवस्तुका युवा समाजसेवीराजेश ज्ञवालीले आफनो ४० औं जन्मदिनको अवसरमा फजुल खर्च कटाई नेपाल प्रेस युनियन कपिलवस्तुलाई एक थान डिजिटल क्यामरा उपहार दिएका छन् । तौलिहवामा आयोजित कार्यक्रममा नेपाल प्रेस युनियन कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईलाई समाजसेवी ज्ञवालीले एक थान क्यामरा हस्तान्तरण गरेका हुन् । ज्ञवालीले गत बर्ष आफनो जन्मदिनको अवसरमा पशुपति प्रताप पुस्तकालयलाई एक थान कम्प्युटर उपहार दिएका थिए । सो अवसरमा बोल्दै ज्ञवालीले क्यामरा सगै आफुले हरेक बर्षको नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको साधारणसभामा आफना पिता स्वर्गिय कृष्ण कुमार ज्ञवालीको स्मृतीमा ५ हजार ५ सय ५५ रूपैयाराशीको युवा पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरे । जन्मदिनमा गरिने फजुल खर्च सामाजिक सेवामा लगाउँदा गर्वको अनुभुती हुने गरेको उनको भनाई थियो । सो अवसरमा बोल्दै नेपाली कांग्रेसका पुर्व जिल्ला सभापतिराजेश आचार्यले प्रेस युनियनमा आवद्ध सञ्चारकर्मीले निर्भिकताका साथमा लोकतन्त्रलाई संस्थागत गर्ने पत्रकारिता गर्नु पर्ने बताए ।
नेपाल प्रेस युनियन कपिलवस्तुले प्रेस युनियन आबद्ध सञ्चारकर्मीको क्षमता बिकासलाई प्राथमिकतामाराखेको युनियनका जिल्ला उपाध्यक्ष खग प्रसाद चापागाईले बताए । सञ्चार क्षेत्रले हरेक क्षेत्रका बिकृतीर बिसंगतीलाई उजागर गर्न सदैव तत्पररहनु पर्ने उनको भनाई थियो । युनियनका जिल्ला सचिव मणिप्रसाद गैह्रेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस पार्टीका जिल्ला सचिव महेन्द्र पाठक, कोषाध्यक्ष शोहरत तेली पार्टी नेता परमात्मा पाठक, गंगा बिष्ठ लगायतको सहभागीतारहेको थियो । à