© २०२३
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले प्रधानमन्त्रीलाई संघीयता सम्बन्धि अरूचीको अभिव्यक्ती दिन छुट नभएको बताएका छन् । गलत अभिव्यक्तीर सरकारको दम्मका कारण मुलुक गंभिर दुर्घटना तर्फ धकेलिने संकेत पनि देखा परेको उनले बताए । नेपालको इतिहासमा चन्द्र शमशेर पछिको बलियो सरकार हो यो बहुमत तथा बलियो सरकारको दम्भका कारण परराष्ट्र नीति समेत पुन परिभाषित गर्न खोजिएको छ त्यो गलत हुने उनको तर्क थियो । वर्तमान प्रधानमन्त्रीले संसदलाई नै ढाँटेका छन् । विमष्टेक बैठकमा संयुक्त सैन्य अभ्यास भनेको कुरालाई प्रधानमन्त्रीले संसदमा होइन भन्नु के अर्थ ? उनले प्रश्न गरे ।
वर्तमान सरकारको स्थायीत्वका कारण संविधानलाई स्थिरता दिने क्रममा कतै अप्ठेरो स्थिति हुँदैन ? त्यस तर्फ नेता थापाले आशङ्का व्यक्त गरे । नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा सोमबार तानसेनमा आयोजित अन्तक्रियामा बोल्दै,कांग्रेस नेता थापाले भने सरकार शुसाशन कायमराख्नका लागी पूर्ण असफल भएको वाइडवडी विमान खरिद प्रकरणर बुढीगण्डकी जल विद्युत आयोजना प्रकरणले प्रष्ट पार्दछ ।
सरकारको सक्षमतार क्षमताको कमिले गर्दा यो ५ वर्षको अनुकुलको समय त्यसै खेर जाने नेता थापाको तर्क थियो । ५ वर्षको अनुकुलको समय त्यसै खेर जाँदा सरकार माथि होइन पद्धती माथि नै प्रश्न उठ्ने उनको भनाई थियो । पद्धती माथि जनताले प्रश्न उठाउँदा विकल्प पनि खोज्नेररोज्ने उनको भनाइ थियो ।
कांग्रेसका केन्द्रिय सदस्य रहेका नेता थापाले आफ्नो पार्टीर नेतृत्वमाथि लक्षित गर्दै भने महासमितिको बैठकपछि तलको संरचना बन्ने हो । त्यस तर्फ ध्यान छैन माथिल्लो संरचना को विषयमा वहस भएको छ त्यो प्रक्रिया नमिलेको उनले बताए ।