ट्रेंडिंग:

>> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा

शेखर दा, सुजता र म मध्ये एक सभापती पक्का

७ आश्विन २०७५, आईतवार
७ आश्विन २०७५, आईतवार

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापतिमा कोइराला परिवार नै आउने दाबि गरेका छन् । कार्यकर्ताको माया र चाहना अनुसारनै कोइराला परिवार सभापतिमा आउन लागेको खुलासा समेत गरेका छन् । रिपोर्टर्स क्लव ५ नम्बर प्रदेश कार्यालय बुटवलद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले भने—‘शेखर दा, म र सुजता मध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।’

देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफुले देश दौडाहामा पाएको समेत सुनाए ।
कोइरालाले अब हुने महासमितिमा बैठकमा नया बिधान पारित गरिने समेत बताए । । कम्तिमा आउदो ३० बर्षका लागि बिधान बनाउने उनले प्रष्ट पारे ।४ बर्षपछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उनको बिश्वासा छ । ‘कांग्रेस बिबादमा अल्झने अबस्था छैन,अब नया रणनीति बनाएर अघि बढ्नुपर्छ ’ उनले भने ।बर्तमान सरकार संघीयताको मर्म बिपरित चलिरहेको उनले आरोप लगाएका छन् । ‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन ,केन्द्रिकृत शासन चलाइरहेको छ,संघीयताको मर्म बुझेको छैन ।

कांग्रेसका २ चुनौती रहेको भन्दै उनले अहिलेको सरकारमा दुइ तिहाइको दम्भ छ भने अर्काेतिर कांग्रेसभित्रैकै संगठन गुट उपगुटमा ध्यान जानु जरुरी रहेको उनको भनाइ छ । कांग्रेसकै कारण अहिले नेपालमा २३ बिश्वबिद्यालय,२० मेडिकल कलेज छ, ८४ हजार किलोमिटर सडक बनेको बताए ।सरकारले प्रेस जगतलाइ हमला गरेको भन्दै उनले प्रेस आफै स्वतन्त्र हुनुपर्ने र ,हस्तक्षेप बिरुद्ध खबरदारी गर्न पत्रकारलाइ आग्रह समेत गरे । २०१५ सालमा बिपिले प्रेस स्वतन्त्रताको थालनी गर्नुभएको हो ,पत्रकारलाइ ४०० रुपैंया दिएर बिपिले आफ्नो बिरुद्ध लेख्न आग्रह गर्नुभएको उनले स्मरण गरे ।‘सभापतिको अधिकार पनि बिकेन्द्रीकरण गर्नुपर्ने मेरो धारणा छ ,तल्लो तहलाइ पनि बलियो बनाउनुपर्छ ,गांउ र प्रदेशमा अधिकार दिनुपर्छ ।’ कांग्रेस अधिबेशन समयमै अधिबेशन हुनुपर्ने कोइरालाको धारणा छ ।

सदनमा कम किन बोल्नुहुन्छ भन्ने प्रश्नमा उनले भने—‘इस्यु बेश राजनीति गर्नपर्छ,धेरै सम्हालिर बोल्नुपर्ने भएकाले हो’ उनको जवाफ छ । यो बेला दलहरुका केन्द्रिय नेताहरु संघीयता स्थापित गर्नका लागि लाग्नुपर्ने बताउदै देश बिदेश घुम्ने बेला नभएको बताए । प्रचण्डको चाइना र भारत भ्रमण राम्रो सम्बन्ध होस् भन्ने भएको दाबि गरे ।

सरकारले कर बढाउने,मुल्य बृद्धि गर्ने मात्रै गरेको छ,एमालेलाइ जिताएर गल्ती गर्यौं भन्ने धेरै जनता भेटें ,‘मलाइ थाहा छैन,सरकारको योजना भए मलाइ भन्नुस् ’उनले भने ।कांग्रेसले जितेका ठांउमा कर बढेको छैन,भएपनि फिर्ता गर्नूस् उनले निर्देशन दिए ।क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्री संयोजकत्वमा भएको कार्यत्रक्रममा नेपाल प्रेस युनियन रुपन्देहीको नवनिर्बाचित कार्यसमिति ,केन्द्रिय पार्षद,प्रदेश पार्षदहरुलाइ सम्मान गरिएका रिपोर्टस क्लवका प्रदेश सदस्य कपिल ज्ञवालीले जानकार दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?