ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

डिजिटल नेपाल बनाउन सहकार्य

७ आश्विन २०७५, आईतवार
७ आश्विन २०७५, आईतवार

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) रुपन्देहीको १७ औं साधारणसभा बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै क्यान महासंघ नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष नवराज कुँवरले डिजिटल नेपाल बनाउनको लागि सबैको हातेमालो जरुरी भएको बताएका छन् ।
कार्यक्रममा बोल्दै कुँवरले स्मार्ट गाउँपालिका, स्मार्ट सहरको कुरा जति गरे पनि स्थानीय तह, सरकारबाट काम अगाडि नबढेको भन्दै यसको लागि महासंघले हातेमालो गरेर अगाडी बढ्ने बताए । कार्यक्रममा बोल्दै उनले भने–‘डिजिटल नेपाल बनाउनको लागि क्यान महासंघ हातेमालो गर्न तयार छ, यसमा स्थानीय तहका व्याक्तिहरु स्मार्ट मात्रै भएर भएन सोंचाई पनि स्मार्ट हुनुप¥यो ।’
आईसीटिको विकासबाट मात्रै देश विकास संभव भएको भन्दै कुँवरले स्मार्ट सिटी बनाउनको लागि प्राप्त बजेटको व्यवस्था गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै क्यान महासंघका पूर्व केन्द्रीय अध्यक्ष विप्लव मान सिंहले स्मार्ट नगर, डिजिटल नगर, स्मार्ट गाउँपालिका भने पनि सबै एउटै भएको भन्दै सूचनामैत्री गाउँपालिका, सूचनाको पहुँच सहज रुपमा पुगेको सहर, गाउँ नै अहिलेको स्मार्ट पालिका भएको बताए । ई–गर्भनेसशको अवधारणा अगाडि बढाउनुपर्ने भन्दै उनले पेपरबाट पेपर लेस हँुदै डिजिटल बन्नुको विकल्प नभएको बताए । उनले भने–‘पेपर बाट पेपर लेस हँुदै डिजिटल बन्नुको विकल्प अबको २१ औं शताब्दीमा छैन ।’ डिजिटल नेपाल निर्माण परिकल्पना मात्रै नभएर संभव भएको भन्दै उनले देशमा उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग आवश्यक रहेको बताएका थिए ।
यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले पछिल्लो समयमा स्थानीय तहहरु बिस्तारै सूचनामैत्री बन्दै गएको बताउँदै यसको लागि सरकारले अहिले सबै पालिकाहरुमा सूचना अधिकृतको व्यवस्थापन गरेको बताए । उनले सूचनामैत्री शासन निर्माणमा एउटा मात्रै पालिका लागेर नहुने भन्दै यसको लागि सबै ७ सय ५३ वटा तह नै सूचनामैत्री हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा क्यान प्रदेश ५ का अध्यक्ष धु्रब शर्मा, रुपन्देही पूर्व अध्यक्ष प्रकाश राना, पाल्पा अध्यक्ष महेश शर्मा, क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ, उपाध्यक्ष रामुदेव गौतम, सचिव विरु बहादुर क्षेत्री, सह–सचिव सुरेशचन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा गोगो रोबर्ट निर्माण गर्ने बुटवलका लव पन्थी र कुश पन्थीलाई नगद सहित सम्मान गरिएको थियो । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?