© २०२३
बेुच गौड
नवलपरासी,२१ असार ।
विदेशबाट फर्केका युवा युवती तथा बैदेशिक रोजगारीमा गएका घरपरिवारका ब्यतिmहरु संगठित भई जिल्लामा आप्रवासी कामदार हकहित मञ्चको स्थापना गरेका छन् ।
बैदेशिक रोजगारमा जाने ब्यतिm र उनका परिवारहरुको अधिकारका लागि संगठित रुपमा आवाज उठाउने उदेश्यले स्थानिय तह अनुसारको मञ्च गठन गरेर जिल्ला स्तरमा समन्वय समितिको रुपमा स्थापना गरेका हुन् ।
वैदेशिक रोजगार सम्बन्धी सुचना र परामर्शको काम गर्दै आएको सामी परियोजनाको पहलमा मञ्च गठन गरिए पछि उनिहरुले गाँउ स्तरमा के कस्तो कार्य गर्ने र जिल्ला स्तरमा के कसरी समन्वय गर्ने गरि मञ्चका पदाधिकारीहरुलाई क्षमता अभिबृद्धिका कार्यक्रम समेत शुरु गरिएको छ । विहिवार देखी सदरमुकाम परासीमा शुरु भएको पालिका स्तरिय समिति सदस्यहरुको क्षमता अभिवृद्धि गर्नका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको मञ्चका जिल्ला अध्यक्ष बल बहादुर थापाले जानकारी गराए । रामग्राम नगरपालिकाका उपमेयर रम्भा कुवँरको प्रमुख आथित्यमा शुरु भएको क्षमता अभिवृद्धि कार्यक्रममा जिल्लाका रामग्राम,सुनवल र वर्दघाट नगरपालिका तथा सरावल,पाल्हीनन्दन,प्रतापपुर र सुस्ता गाउपालिका गरि कुल ७ वटा पालिका स्तरिय सदस्यहरुको सहभागिता रहेको थापाले बताए । सामी परियोजनाको कार्यअवधी समाप्त भए पछि त्यो कामको निरन्तरता दिनका लागि स्थानिय तहसंग मिलेर काम गर्नका लागि मञ्चको गठन गरिएको छ, थापाले भने, के कसरी काम गर्नेबारे अहिले क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरिएको छ ।
प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागि रामग्रामकी उपमेयर कुवँरले वैदेशिक रोजगारीमा जाने युवा युवतीलाई प्रयाप्त मात्रामा सुचना,परामर्श तथा सहजीकरण गर्ने उदेश्यले रामग्राम नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको जानकारी गराएकी थिईन् । अन्य पालिकासंग पनि समन्वय भई रहेको उनले जानकारी गराईन् । जिल्लाकै जेठो नगरपालिका र जिल्ला सदरमुकाम भएको रामग्राम नगरपालिका बढि जिम्मेवार भई विदेशिने युवा युवतीलाई सुचना परामर्शको परियोजना भ्याए पनि त्यसलाई स्थानिय स्तरबाट निरन्तरता दिने काम गर्ने प्रतिवद्धता जनाएकी थिईन् । सुचनाको अभावमा धेरै युवा युवती विदेश जादा चुनौतीहरु खेप्ने,समस्यामा पर्ने गरेका कारण उनिहरुलाई निरन्तर सुचना र परामर्श आवश्यक भएको औल्याएकी थिईन् । रामग्राम नगरपालिकाले बैदेशिक रोजगारीलाई निरुत्साही गर्दै स्वरोजगार बनाउने खालका नीति कार्यक्रम अगाडी सारेको दाबी गर्दै उपमेयर कुवँरले बैदेशिक रोजगारीबारे शिक्षालाई स्थानिय स्तरमा बन्ने स्थानिय पाठ्क्रम र पाठ्यपुस्तकमा समावेश गरेर शिक्षा प्रवाह गर्ने पनि प्रतिवद्धता दोहर्याईन् ।
क्षमता अभिवृद्धि कार्यक्रममा प्रशिक्षण दिईने इन्देणी समाजिक विकास मञ्चका बद्री सुवेदीले अब विदेशबाट फर्केका युवा युवती र विदेश गएका परिवार नै मिलेर सुचना परामर्शको कार्य गर्न आवश्यक रहेको बताएका थिए । प्रत्यक्ष अनुभुती गरेर फर्केका युवा युवती नै समाजमा प्रशिक्षकको रुपमा काम गर्न सक्ने सबै भन्दा भरपर्दो परामर्श दाता हुन सक्ने कुरा बताएका थिए । अरुले पढाई र अध्ययनको आधारमा सुचना,परामर्श गर्ने,सचेत गराउने भए पनि प्रत्यक्ष भोगाईमा परेर आएका युवाहरु नै गाँउमाम समाजमा परिचालन गर्न सके विदेश जाने अन्य युवाहरुलाई विदेशमा भोग्ने गरेका समस्या र चुनौतीहरुबारे जानकारी गराउन सहज हुन्छ, उनले भने, विदेशबाट सिकेर आएका शिपलाई समेत आफ्नै गाँउ ठाँउमा प्रयोगमा ल्याउन सके त्यसको सदुपयोग बढने छ । कार्यक्रममा नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायले नेपाली युवा विदेश जाने गौरवको कुरा होईन्,तर विदेशकै रेमिटान्सले देशको बजार सन्तुलनमा काम गर्दै आएको हुदा उनिहरु धन्यवादका पात्र आवश्य हुन् । सरकारले उनीहरुका लागि लगानी गर्न आवश्यक रहेको औल्याए ।