© २०२३
बिगत १० वर्ष देखि सुचना र समाचार क्षेत्रमा काम गर्दै आएको एबिसी न्युज टेलिभिजनले आफ्नो वार्षिकोत्सवको सन्दर्भमा बुटवलमा यस्तो बहस गर्न थालेको हो । प्रदेश सरकारको भुमिकाका बिषयमा प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीहरूले समेत गुनासो गर्न थालेको अवस्थामा बहसले नयाँ निकास निकाल्न सक्ने एबिसी न्युजको ५ नम्बर ब्यूरो कार्यालय बुटवलले जनाएको छ । एबिसी मिडीया ग्रुपका प्रदेश ब्यूरो प्रमुख शरण कर्माचार्यले प्रदेश सरकारको अधिकारका बिषयमा राजनितीक बृत्तमा छलफल चलाउँदा मुलुकमा ब्याप्त अन्यौलताको अन्त्य गर्न सहज हुने बताए । एबिसी ब्यूरो रिपोर्टर दिनेश श्रेष्ठका अनुसार अन्तरक्रियामा प्राध्यापक बसन्तराज खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् भने प्राध्यापक बुद्धबहादुर थापाले कार्यपत्रमाथि टिप्पणी गर्नेछन् । कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेल र कांग्रेसका सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले सम्बोधन गर्नेछन् ।