© २०२३
टवल उपमहानगरपालिकाले वृद्धि भएको करलाई समायोजन नगरे बुटवलका विभिन्न राजनीतिक दलले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । जनतालाई ढाडै सेक्ने गरि वृद्धि गरिएको कर समायोजन गर्ने तर्फ भन्दापनि त्यसलाई प्रोत्साहन गर्ने कार्य गरेको भन्दै बुटवल स्थित विभिन्न १२ राजनीतिक दलले आन्दोलनको विकल्प नभएको चेतावनी दिएका हुन् । विभिन्न नौ राजनीतिक दलहरूले गएको भदौ ४ गते बुटवल उपमहानगरपालिकालाई कर समायोजनका लागि ज्ञापनपत्र बुझाएको र त्यसका बारेमा बिहीबार बुझ्न जाँदा नगरप्रमुख शिव सुवेदीले खासै चासो नदिएको प्रति दलहरू आक्रोस भएको नेपाली कांग्रेस बुटवल नगरसभापति खेलराज पाण्डेले बताए ।
उनले स्वास्थ्य सेवा, घरबहाल, ब्यवसायी, एकिकृत सम्पति, हाटबजार लगायतका सेवा करलाई अत्याधिक बढाएर जनताको ढाड सेक्ने काम गरेकाले तत्काल वृद्धि गरेको कर १२ दलले समायोजन गर्न माग गरेको बताए । कर समायोजन नभए चरणबद्ध रूपमा आन्दोलन गर्न १२ दल बाध्य हुने पाण्डेले बताए । नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टि, नयाँ शक्ति पार्टि, राष्ट्रिय जनमोर्चा, राप्रपा, नेकपा क्रान्तिकारी लगायतका दलहरूले बुटवल उपमहानगरपालिकाले जनतालाई ढाड सेक्ने गरि वृद्धि गरेको कर समायोजनका लागि माग गरेको कांग्रेस नगरसभापति पाण्डेले बताए ।