© २०२३
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान रुपन्देहीको सम्पन्न आठांै अधिवेशनले कृष्ण पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । निजी तथा संस्थागत विद्यालयहरुको छाता संस्था हिसानको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा दिनेश भुषाल, द्वितीय उपाध्यक्षमा मधुप्रकाश ज्ञवाली, सचिवमा पुष्प घिमिरे, कोषाध्यक्षमा तुल्सि सापकोटा र सहसचिवमा पुरुषोत्तम बस्याललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
यस्तै सदस्यहरुमा गोपाल न्यौपाने र राजेशराज पंगेनीलाई चुनेको छ भने बाँकी ५ सदस्यहरुलाई समितिको पहिलो बैठकले पछि मनोनयन गर्ने निर्वाचन समितिका सदस्य टुकबहादुर क्षेत्रीले जानकारी दिए । हिसानका अध्यक्ष अनन्तराम शर्माका अनुसार उद्घाटन शत्रमा बोल्दै हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले शिक्षामा गुणस्तरीयता र शैक्षिक विकासका लागि अहिले शिक्षा ऐन परिमार्जनको खाँचो रहेको बताएका थिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष नवराज पाण्डे, महासचिव लोकबहादुर थापा, तिलोत्तमा क्याम्पसका प्रमुख आरसि आचार्य, प्यारामाउण्ड स्कुलका प्रिन्सिपल दामोदर भूषाल, सचिव लक्ष्मण ज्ञवाली लगायतले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिएका थिए ।