ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

रुकुम उद्योग बाणिज्य संघमा चुनावी चटारो

२१ असार २०७५, बिहीबार
२१ असार २०७५, बिहीबार

 रुकुमका व्यापारी व्यवसायीहरुलाई यतिबेला उद्योग बाणिज्य संघमा नयाँ नृतृत्व चयन गर्ने चटारोे छ । रुकुम उद्योग बाणिज्य संघको आगामी १२ औं साधारण सभा तथा अबिधेशन चुनाबका लागि दुई वटा समुह सार्बजनिक गरिएको छ । जसमा प्रगतिशिल उद्योगी–व्यवसायि प्यानल र सयुक्त व्यवसायिक प्यानल चुनावी मैदानमा देखिएका छन् ।
आगामि असार २२ गते हुने निर्बाचनका लागि प्रगतिशिल उद्योगी व्यवसायीहरुको प्यानलको नेतृत्व राजनकुमार पुनले गरेका छन भने, सयुक्त व्यवसायिक प्यानलको नेतृत्व अर्का व्यवसायी नबराज गिरीले गरेका छन । पुन प्यानलमा प्रथम उपाध्यक्षमा कर्णबहादुर ओली, द्धितिय उपाध्यक्षमा तुलसी बुढाथोकी, महासचिबमा धनबहादुर खड्का, कोषाध्यक्षमा दिलिप थापा र सचिबमा सुशिल गौतम रहेका छन् । त्यस्तै गिरी नेतृत्वको प्यानलमा प्रथम उपाध्यक्षमा भाने बिष्ट, द्धितिय उपाध्यक्षमा चन्द्र घर्ती, महासचिबमा दशरथ केसी, कोषाध्यक्षमा बेदराज शर्मा र सचिबमा जनार्दन घर्ति रहेका छन् ।
प्रगतिशिल उद्योगी–व्यवसायी प्यानलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार राजन पुन रुकुम उद्योग बाणिज्य संघका वर्तमाण कोषध्यक्ष हुन् भने माउन्ट एभरेष्ट ईन्टरप्राईजेजका संञ्चालक हुन् । त्यस्तै महासचित्र पदका उम्मेदवार वसन्त खड्का रुकुम उद्योग बाणिज्य संघका वर्तमान सदस्य हुन् र खड्काले रुकुममा होटेल व्यवसाय संञ्चालन गरेका छन् ।
यसैगरि संयुक्त व्यवसायिक प्यानलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नवराज गिरी रुकुम उद्योग बाणिज्य संघका वर्तमाण महासचिब हुन् साथै गिरि होटेल शिशिरका संञ्चालक हुन् र संयुक्त व्यवसायिक प्यानलकातर्फबाट महासचिव पदका उम्मेदवार दशरथ केसी पनि वर्तमाण सदस्य हुन् । केसीको खाद्य तथा किराना व्यवसाय रहेको छ ।

आम व्यवसायिहरुको हकहित, अधिकार र व्यवसायीहरुको पेशागत सुरक्षाका लागि काम गर्ने संस्थाको रुपमा रुकुम उद्योग बाणिज्य संघलाई विकास गर्ने भन्दै दुबै व्यानलले आ–आफ्नो दावी पेश गरेका छन् ।

‘संस्थागत हित र प्रवद्धन र लगानीमैत्री वातावरण हाम्रो प्रतिवद्धता ।’
राजन पुन
अध्यक्ष पदका उम्मेदवार
प्रगतिशिल उद्योगी व्यवसायी प्यान
रुकुम उद्योग वाणिज्य संघका वर्तमाण कोषध्यक्ष तथा रुकुम उद्योग बाणिज्य संघको आसन्न १२ औं साधारण सभा तथा अधिवेशनमा प्रगतिशिल उद्योगी व्यवसायी प्यानलबाट अध्यक्ष पदका प्रत्यासी राजन पुनले रुकुम उद्योग वाणिज्य संघको संस्थागत हित प्रवद्धन गर्दै लगानि मैत्री वातावरण बनाएर देश विकासमा निजि क्षेत्रको लगानिलाई सुरक्षित गर्न बिषेश पहल गर्ने बताएका छन् । साथै पुनले सर्वसुलभ करको निम्ती स्थानिय तिनै तहका सरकारसंग मिलेर काम गर्ने, मख्य बजार क्षेत्रमा कर सुचना केन्द्र स्थापना गर्ने, निजि, सहकारी र सरकारी निति अवलम्बन गरि उद्योगी व्यवसायीहरुको प्रवद्धन गर्ने, प्रत्येक बजार क्षेत्रमा डिजिटल मुद्ययसुची सुचना केन्द्रको विकास गर्ने र प्रत्येक बजार क्षेत्रका होटेलहको स्तर वृद्धीका लागि सुन्दर बजार, सफा होटेल कार्यक्रम ल्याईने बताएका छन् ।
जिल्लाको व्यापार–व्यवसाय वृद्धी विकासका लागि ठोस निति तथा कार्यक्रम निर्माण गर्ने प्रतिवद्धता जनाएका अध्यक्षका प्रत्यासी पुनले रुकुम उद्योग वाणिज्य संघको सशक्तिकरण एवम् पारदर्शिताका लागि संघको लेखा प्रणाली डिजिटल प्रविधिको प्रयोग गरिने बताएका छन् । साथै पुनले नेपाल सरकारले तय गरेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाउन पनि निजि क्षेत्रको तर्फबाट हातेमाले गर्ने बताएका छन् । ‘हामि नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई सर्थक तुल्याउन सरकारलाई निजि क्षेत्रका तर्फबाट आवश्यक सहयोग गर्नेछौ ।’ पुनले भने, ‘समाजवाद उन्मुख देश नेपाललाई विकासको गतिमा अगाडि बढाउन समस्त व्यवसायी तथा निजि क्षेत्रको तिनै तहका सरकारसंग आवश्यक सहकार्य आवश्यक छ । यसका लगि हामि कुनै पनि कसर बाँकि राख्ने छैनौं । यसले व्यवसाय प्रवद्धन र व्यवसायिक हितमा समेत सहयोग पुग्नेछ ।’

‘स्थानिय हाट बजार संञ्चालन हाम्रो प्राथमिकता’
नवराज गिरी
अध्यक्ष पदका उम्मेदवार
संयुक्त व्यवसायिक प्यानल

रुकुम उद्योग वाणिज्य संघका वर्तमाण महासचिव नवराज गिरिले व्यवसायिक हित र व्यवसाय प्रवद्धनका लागि जिल्लाका मुख्य बजार क्षेत्रमा हाट बजार संञ्चालन गर्ने बिषयलाई प्राथमिकतामा राखेर काम गर्ने योजनाका साथ आसन्न निर्वाचनमा आफु र आफ्नो टिमको दावेदारी पेश गरेका छन् । गिरीका अनुसार बर्षौ देखी स्टक रहेका गुणस्तरिय सामानहरुलाई बिक्रि–वितरण गर्न र स्थानिय जनतालाई सहज ढंगले बजारको पहुचमा पु¥याउन हरेक महिना तथा दशैं, तिहार र अन्य बिषेश पर्वहरुमा स्थानिय हाट बजार संञ्चालन गर्ने बताएका छन् । साथै ग्राहकहरुसंग एक बर्षभन्दा पुरानो बाँकि रहेको रकम असुल गर्न विषेश कार्ययोजना निर्माण गरि कार्यन्वयन गर्ने, कर प्रणलिलाई व्यवस्थित बनाउन राज्यका विभिन्न निकायलाई दवाब दिने र घुमन्ते तथा कुम्ले व्यपारिहरुलाई रोकथाम गरि स्थानिय व्यवसायिलाई प्रवद्धन गर्ने योजना समेत आफुहरुसंग रहेको गिरिको बनाई छ ।
बाढि, पहिरो, चोरी तथा आगलागी जस्ता घटनाबाट पिडित भई व्यवसायमा क्षेती बेहोर्ने व्यवसायिहरुलाई सहायता कोष स्थापना गरि व्यवसाय संञ्चालनका लागि सहुलियतमा ऋण सहयोग गर्ने समेत गिरिले बताएका छन् । ‘कुनैपनि दुर्घटना वा भैपरि आउने घटनाबाट हुने आपतकालिन हानि नोक्सानीबाटका कारण व्यवसायीमा निराशा नआओस् भनेर हामि आपतकालिन कोष स्थापना गर्नेछौ ।’ गिरिले भने, ‘साथै हामि पिडित व्यवसायिलाई सहुलियतमा ऋण लिएर जिनजको व्यवसाय प्रवद्धनमा सहयोग समेत पु¥याउने छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?