ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

‘दुई तिहाईको अहंकारले अधिनायकवादको खतरा’

२० असार २०७५, बुधबार
२० असार २०७५, बुधबार

बुटवल, १९ असार ।राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जवराले वर्तमान सरकार दुई तिहाई बहुमतको अहंकारले अधिनायकवाद तर्फ जानसक्ने खतरा रहेको बताएका छन् ।
रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले मन्त्री परिषदको निर्णयले प्रधानमन्त्री कार्यालयमै सबै मन्त्रालयलाई चलाउन निर्देशन दिन सक्ने अधिकार सहितको तथा कथित विज्ञहरुको टोली नियुक्त गर्ने प्रक्रियाले जनवादी केन्द्रीयताको संकेत दिएको बताए ।
पहिले नै भएका सम्पत्ति सुद्धीकरण,राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनुले पनि सरकार अधिनायकवाद तर्फ जानसक्ने संकेत गर्ने भन्दै उनले सरकारको सर्वसत्तावादी कार्यशैलीलाई रोक्न प्रजातन्त्रवादी शक्तिहरु चनाखो हुनुपर्नेमा जोड दिए ।
सरकार सर्वसत्तावाद तर्फ उन्मुख रहेका बेला प्रजातन्त्रवादी शक्तिहरु आन्तरिक समस्यामा फसेको बताउदै अध्यक्ष जवरा ले प्रजातन्त्रवादी शक्तिहरुले आफु भित्रको समस्या समाधान गरि प्रजातन्त्रको रक्षाका लागि एकतावद्ध भएर खडा हुनुपर्ने आवस्यकता औल्याए ।
मित्रवत सम्बन्धमा सुधार,उच्चतहको भेटवार्ता तथा उच्च नेतृत्वको नेपाल भ्रमणमा सहमती हुनु प्रधानमन्त्री ओलीको चीन भ्रमणको सफल पक्ष रहेको भन्दै उनले वि आर आई परियोजना मित्र राष्ट्र चीन सँग रेल सम्झौता,ट्रान्स हिमालयन ट्रान्समिशन लाईन,तथा अप्टीकल फाइवर,लगानी,उर्जा विकाश,आठ वटा उत्तरी नाकाहरु खोल्ने सम्झौता जस्ता ट्रान्स हिमालयन कनेक्टीभिटीका सम्झौताहरु ले जनतामा विकाश र समृद्धिको केहि आसा र भरोसा जगाए पनि सहायताको प्रष्ट मोडालीटी नआएकोले कार्यान्वयनमा आसंका व्यक्त गरे ।
वास्तविक रुपमा यि कार्यहरु कसरी हुने भन्ने प्रष्ट पार्न बाँकी नै रहेको र भए पनि व्यहोर्न कठीन हुने व्याजदर र आर्थिक अपारदर्शिताले मुलुक ‘डेब्ट ट्रयापमा’ पर्न सक्ने खतरा रहेको भन्दै उनले श्रीलंकाको हम्वनटोटा वन्दरगाहा जाइनिज सरकारी कम्पनीलाई ९९ सय वर्ष सम्मको लागि लिजमा दिनु र माल्दिभ्सले आफ्ना केही टापुहरु चाइनिज सरकारी कम्पनीको स्वामित्वमै दिएको उदाहरण प्रस्तुत गरे ।
अहिले संचार माध्यमहरुमा विकास,संमृद्धि र यसको चाइनिज कनेक्सनको वारेमा वहस,छलफल र समाचारहरु तारान्तार आइरहेको भन्दै उनले वर्तमान सरकारले मिडिया म्यानेजमेन्ट संचालन गरी जनतामा भ्रमपूर्ण विश्वास स्थापित गर्ने प्रयास गरिरहेको आरोप समेत लगाए ।
उनले वि आर आई अन्तर्गत आउने रेल परियोजनाका साथै अन्य परियोजनाहरुको लागि हुने लगानीको व्याजदर तथा अन्य सर्तहरु सावधानी पूर्ण रुपमा अध्ययन गर्न सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?