ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

अध्यक्ष कौशल कुमार धोबीको जनसेवामय यात्रा

२३ श्रावण २०८२, शुक्रबार
२३ श्रावण २०८२, शुक्रबार

बाँके, २३ साउन ।

नेपालगंज उपमहानगरपालिका वडा नम्वर २० का वडा अध्यक्ष कौशल कुमार धोबीको नाम अहिले केवल राजनीतिक जगतमा मात्र होइन, सामाजिक सेवामा पनि परिचित छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर सुरु भएको उनको नेतृत्वको यात्रा अहिले वडा अध्यक्ष र जनता समाज पार्टी (जसपा) बाँके जिल्ला अध्यक्षको रूपमा दोहोरो जिम्मेवारीमा पुगेको छ । इमान्दारी, निष्ठा र लगनशीलतासहित कार्य निर्वाह गर्दै आएका उनी राजनीतिको कठोर यात्रामा पनि जनताको विश्वास जित्न सफल मानिन्छन् ।

कौशल कुमार धोबीको नेतृत्व यात्रा विद्यालयकै प्राङ्गणबाट सुरु भएको हो । सानो उमेरदेखि नै सामुदायिक हितका विषयमा चासो राख्ने उनी विद्यालय व्यवस्थापन समितिमा आवद्ध भएपछि शिक्षाको गुणस्तर सुधार गर्न सक्रिय भए । उनले तत्कालीन समयमा विद्यालयमा शिक्षकको अभाव, पाठ्यपुस्तक ढिलाइ, विद्यार्थीको उपस्थिति घट्नुजस्ता समस्याहरू समाधान गर्न स्थानीय अभिभावक, शिक्षक र निकायबीच पुलको काम गरे ।

विद्यालयमा टिनको छाना टाल्ने कामदेखि लिएर पुस्तकालयको स्थापना, विज्ञान प्रयोगशालाको सुरुवात र छात्रवृत्ति वितरणसम्मका काममा उनले पहल गरे । गाउँका धेरै अभिभावकहरू आज पनि सम्झन्छन“त्यो बेला पैसा कम भए पनि काम रोकिन्नथ्यो, कौशलजीले समाधान खोजेरै ल्याउनुहुन्थ्यो ।”

विद्यालय व्यवस्थापन समितिको सफल नेतृत्वपछि उनी विभिन्न सामाजिक संस्थामा आवद्ध भए । उनले स्वास्थ्य शिविर सञ्चालन, सडक मर्मत, खानेपानी ट्यांकी निर्माण, र वातावरण संरक्षणका अभियानहरूमा अग्रणी भूमिका खेले । यी सबै कामले गाउँमा उनको छवि “काम गर्ने मान्छे”को रूपमा मजबुत बनायो ।

सन् २०७४ को स्थानीय तह निर्वाचन आउँदासम्म उनले जनतामाझ विश्वासको बलियो जग बिछ्याइसकेका थिए । जसपा नेपालको तर्फबाट उम्मेदवार बनेर उनले सहजै वडा अध्यक्षको चुनाव जिते ।

वडा अध्यक्षको रूपमा पहिलो कार्यकालमै कौशल धोबीले आधारभूत पूर्वाधारमा ध्यान दिए । सडक ग्राभेलिङ, बिजुली बत्ती विस्तार, खानेपानी सुधार, विद्यालयमा शौचालय निर्माण, महिला सशक्तिकरणका तालिमलाई तत्काल राहतजस्ता कामलाई प्राथमिकता दिए ।

उनले वडामा “एक घर, एक नल” योजना ल्याएर प्रायः सबै घरमा खानेपानी सुविधा पुर्याए । बाढीबाट क्षति हुने क्षेत्रको लागि तटबन्ध निर्माणको योजना अघि बढाए । साथै, वडामा पहिलो पटक डिजिटल जन्म–मृत्यु दर्ता प्रणाली लागू गराए ।
स्थानीय बासिन्दा रमेश कुमाल भन्छन्, “अध्यक्ष कौशलले चुनावमा गरेको वाचा धेरै हदसम्म पुरा गरेका छन्, त्यसैले उनीमाथि जनताको भरोसा अझै छ ।”

राजनीतिक सक्रियता र संगठन निर्माणमा दक्ष देखिएका कौशल धोबीलाई पार्टीले २०७९ सालमा जनता समाज पार्टी बाँके जिल्ला अध्यक्षको जिम्मेवारी दियो । यो भूमिकामा उनले संगठन विस्तार, आन्तरिक एकता र स्थानीय मुद्दालाई प्रदेश तथा केन्द्रसम्म पुर्याउने काममा जुटे ।

उनको नेतृत्वमा जसपाले बाँकेमा किसानको मल अभाव, मजदुरको न्यूनतम ज्याला, दलित समुदायको आवास अधिकार, र बाढीपीडितको पुनस्र्थापनाजस्ता मुद्दामा संघर्ष कार्यक्रम सञ्चालन ग¥यो ।

उनले स्वास्थ्य क्षेत्रमा मोबाइल मेडिकल टिम पठाउने, विद्यालयमा डिजिटल कक्षा सुरु गर्ने, तथा स्वरोजगारका लागि युवा तालिम सञ्चालन गरे । वडा सचिव कृष्णा पाण्डे भन्छन्, “वडामा अहिलेका धेरै योजना कौशलजीकै सोचबाट सुरु भएका हुन् । उनले सामान्य जनताको समस्या सुन्न समय निकाल्नुहुन्छ ।”

राजनीतिक जिम्मेवारीमा रहँदा पनि कौशल धोबीको सामाजिक दृष्टि परिवर्तन भएको छैन । उनी दलित, थारू, मधेसी, पहाडी सबै समुदायलाई एउटै दृष्टिले हेर्ने नेताको रूपमा चिनिन्छन् । उनको भनाइ छ, “नेता भनेको एउटै जाति वा पार्टीको मात्र होइन, वडाका सबै नागरिकको हो । न्याय, समानता र पारदर्शिता हाम्रो नीतिको केन्द्रमा छ ।”

स्थानीय युवाहरुका अनुसार कौशल धोबीको विशेषता भनेको “काममा पारदर्शिता” हो । विकास योजना निर्माणदेखि खर्च सार्वजनिक गर्ने सम्म उनले वडामा खुला नीति अपनाएका छन् ।

स्थानीय महिला समूह नेतृ विमला थापा भन्छिन्, “हामीलाई योजना बनाउने बैठकमा बोलाउने, राय लिन्ने र बजेट कस्तो आयो भन्ने खुलाउने नेताको उदाहरण अध्यक्ष कौशल हुन् ।” तर आलोचकहरू पनि छन् । केहीले उनलाई “आफ्नो क्षेत्रमा मात्र ध्यान दिने” र “प्रदेश वा केन्द्रमा जनताको मुद्दा पुर्याउनेमा पर्याप्त सक्रिय नभएको” आरोप लगाउँछन् ।

यसबारे उनी भन्छन्, “जनताको समस्या जहाँ उठाउनुपर्छ, म त्यहाँ पुग्छु । तर पहिले वडाको समस्या समाधान मेरो प्राथमिकता हो ।” उनको आगामी योजना वडालाई “स्मार्ट वडा” बनाउने हो । यसमा सडकमा सिसि क्यामेरा, डिजिटल सूचना बोर्ड, सबै सेवाको अनलाइन पहुँच, र सामुदायिक भवनमा अध्ययन कक्ष र लाइब्रेरी समावेश छन् ।

त्यसैगरी, कृषि क्षेत्रमा द्रिप सिचांइ प्रविधि, बाली बीमा, र बजारमा किसान प्रत्यक्ष बिक्री प्रणाली लागू गर्ने उनको लक्ष्य छ । विद्यालय व्यवस्थापन समितिबाट सुरु भएको कौशल कुमार धोबीको नेतृत्व यात्रा अहिले वडा अध्यक्ष र जिल्ला अध्यक्षको भूमिकामा पुगेर पनि निष्ठा र इमान्दारीको आधारमा अडिएको छ । राजनीतिक रंगभित्र रहेर पनि जनताको सेवामा ध्यान दिने उनको शैलीले उनलाई “काम गर्ने नेता”को पहिचान दिएको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नम्वर २० का बासिन्दा भन्छन “हामीलाई नेता होइन, सेवक चाहिन्छ, र कौशलमा त्यो गुण छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?