ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बुटवलको राधा धागो उद्योगले भन्यो– शास्त्रीय जनै मात्र प्रयोग गर्नु

२३ श्रावण २०८२, शुक्रबार
२३ श्रावण २०८२, शुक्रबार

बुटवल ।

बुटवलको राधा धागो उद्योगले शास्त्रीय जनै मात्र प्रयोग गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । करिव २५ वर्षदेखि शास्त्रीय जनै उत्पादन गर्दै आएको उद्योगले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै जनैको धार्मिक विधि र महत्वलाई बचाइ राख्न शास्त्रीय जनै मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

बुटवल–४ राममन्दिर लाइनमा रहेको यो उद्योग नेपालकै पहिलो जनै उत्पादन गर्ने उद्योग हो । उद्योगले शास्त्रीय विधिपूर्वक जनैधारी ब्राह्मणबाट तयार गरिएका जनै मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । बजारमा बढ्दो नक्कली तथा अशुद्ध जनैको प्रयोग भैरहेकोतर्फ सचेत बनाउँदै उद्योगले यसतर्फ ख्याल गर्न आग्रह गरेको छ ।

उद्योगका सञ्चालक संस्कृत साहित्याचार्य बुद्धि प्रसाद शर्मा पाण्डेयका अनुसार पछिल्ला वर्षमा सरा र शिखा अपूर्ण, शिखाविहीन गाँठो मात्र पारेका तथा गैर–ब्राह्मणबाट तयार गरिएका स्वदेशी तथा विदेशी नक्कली जनै बजारमा व्यापक रूपमा पाइने गरेका छन् । उनका अनुसार यस्ता जनै प्रयोग गर्दा धार्मिक लाभ प्राप्त नहुने भएकाले शास्त्रीय विधिअनुसार तयार गरिएका जनै मात्र प्रयोग गर्न आवश्यक छ ।

पाण्डेयले २०५८ सालमा उद्योग स्थापना गरी २०६० सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको जानकारी दिए । विगतमा ९९ प्रतिशत जनै भारतबाट आयात हुने गरेकोमा हाल उक्त अनुपात घटेर १५–२० प्रतिशतमा झरेको उनले बताए । उनका अनुसार उद्योगले जनैका साथै रक्षाबन्धन, लाखबत्ती, अनन्त डोरो, बत्ती कात्ने धागो तथा अन्य धार्मिक धागा–सामग्री उत्पादन गर्दै आएको छ ।

उद्योगले जनै आयात प्रतिस्थापनसँगै चार सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको पाण्डेयले बताए । यस योगदानका लागि उद्योगलाई रूपन्देही उद्योग संघ, नेपाल सरकार र विभिन्न व्यावसायिक संघ–संस्थाबाट सम्मान र पुरस्कार प्राप्त भएको उनले स्मरण गरे ।

पाण्डेयले वैदिक शास्त्रमा कुनै जात वा समुदायले जनै लगाउन नहुने उल्लेख नभएको बताउँदै महिलाले पनि विवाहपूर्व जनै धारण गर्न सक्ने दाबी गरे ।

उद्योगका बजार व्यवस्थापक झंकार पाण्डेयका अनुसार नेपालकै पहिलो जनै उद्योग भएकाले बजारमा ठुलो समस्या छैन । उनले जनै तथा रक्षाबन्धन चीनबाट आयात हुने धारणा गलत भएको दाबी गर्दै यी सामग्री नेपालमा भारतबाट मात्र आयात हुने जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?