© २०२३
काठमाडौं ।
इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बुधबार राति भएको घटनामा २१ वर्षीय प्रकाश चापागाईंको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली गएका ३२ वर्षीय निरोज चापागाईं र उनका भाइ प्रकाशमाथि किरण शेर्पाले धारिलो हतियारले आक्रमण गरेका थिए। हत्यामा संलग्न रहेको आरोपमा इलामकै सूर्योदय नगरपालिका–१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।
घाइते निरोजलाई उपचारका लागि फिक्कल अस्पताल हुँदै झापातर्फ पठाइएको इलाम प्रहरीले जनाएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।