Butwal Today

लायन्स क्लब अर्घाखाँची पाणिनिले हस्तान्तरण गर्याे विपन्न परिवारलाई खाद्यान्न

अर्घाखाँची, २३ साउन । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं.७ अडगुरीमा रहेका अति विपन्न डाेलबहादुर रेश्मी परिवारलाई लायन्स क्लबले खाद्यान्न, लत्ताकपडा सहयोग हस्तान्तरण गरेको छ । लायन्स क्लबकाे सामाजिक उत्तरदायित्व अन्तर्गत लायन्सका सदस्यहरूले आर्थिक सहयोग सङ्कलन गरेर चामल, दाल, तेल लगायत खाद्यान्न तथा कपडा सेट उपलब्ध गराएको हो । घरमा एक्लै रहनुभएका रेश्मी अपाङ्ग समेत रहेमा छन्, लायन्सले सुरु गरेको खाद्यान्न हस्तान्तरण सुरुवात भएको भन्दै आवासको व्यवस्थापनमा पनि लायन्सले पहल गरिरहने लायन्स क्लब वर्ष २०२४/०२५ का अध्यक्ष अर्जुन पोख्रेलले बताए । हस्तान्तरण कार्यक्रममा पाणिनि गाउँपालिकाका पूर्व अध्यक्ष अच्युत गौतमले `क्लब मानवीय सामाजिक रूपमा क्रियाशील रहेको बताउँदै निरन्तर समाजसेवामा लाग्न आग्रह गरे ।´...