Butwal Today

कपिलवस्तु होराइजनका मनिष कक्षा १२ मा जिल्ला प्रथम

२३ श्रावण २०८२, शुक्रबार
अ+
अ-

जितपुर, २३ साउन ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–४, सिद्धिपुरमा अवस्थित होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका मनिष गिरीले ३.९० जिपिए ल्याएका छन् । यो जिपिए जिल्लामै उच्चतम भएको विद्यालयको दाबी छ । विद्यालय प्रशासनका अनुसार यस वर्ष कूल परीक्षार्थीहरूमध्ये २२ जनाले ३.६ देखि ४.० जिपिएको दायरामा अङ्क प्राप्त गरेका छन् ।

यस्तै ३.२ देखि ३.६ जिपिए ९२ जना विद्यार्थीले, २.८ देखि ३.२ जिपिए ७० जना तथा २.४ देखि २.८ जिपिए २४ जना विद्यार्थीले प्राप्त गरेका छन् । परीक्षाको समग्र नतिजा हेर्दा विद्यालयले उच्च स्तरको शैक्षिक प्रदर्शन गरेको देखिन्छ । विद्यालयका प्रिन्सिपल वासुदेव घिमिरेले यस सफलता विद्यार्थीहरूको कठोर परिश्रम, शिक्षकहरूको समर्पण र विद्यालय परिवारको सामूहिक प्रयासको परिणाम भएको बताएका छन् । उनले सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?