© 2026
दाङ,२३ साउन ।
लमही–घोराही सडक खण्डमा बनाइएको डाइभर्सन मसोट खोलाले बगाउँदा पुन सडक अवरुद्ध भएको छ । शुक्रबार बिहान परेको वर्षा पछि आएको बाढीले लमही–घोराही सडक खण्डस्थित मसोट खोलाको डाइभर्सन बगाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रोशनराज पाण्डेले जानकारी दिए ।
डाइभर्सन बगाउँदा लमही–घोराही सडकखण्ड पुन अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ । डाइभर्सन बगाएपछि अहिले लमही–घोराही सडक खण्ड भएर आवतजावत गर्ने सवारीसाधन चलेन सकेका छैनन् । ‘बाढीले डाइभर्सनको आधा भाग बगाएको छ उनले भने-हाल यात्रुवाहक सवारी वैकल्पिक मार्ग अमिलिया सडकखण्ड हुँदै गन्तव्यतर्फ पठाइएको छ ।’
ड्राइभर्सन मर्मत भइरहेको र तयार भएमा पुन सवारी साधन आवतजावत गर्न सहज हुने प्रहरीले जनाएको छ । मसोट खोलाको पुल जीर्ण भएकाले मर्मत गर्नुपर्ने भन्दै २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको थियो । मसोट पुलबाट सवारी आउजाउ गर्दा जोखिम हुने भएपछि डाइभर्सन निर्माण गरिएको थियो ।