© 2026
समाचार सारांश
वर्षाले किसानलाई प्रकृतिबाट राहत मिलाएको भए पनि, युरिया मलको अभावले उनीहरू अझै मर्कामा छन् ।
किसानको गुनासो: स्थानीय, प्रदेश र संघ सबै तहका सरकारहरू एकअर्कालाई दोष दिने मात्रै काम गर्छन् ।
सीमावर्ती किसानहरूले पहिले भारतबाट मल ल्याउँथे, अहिले त्यहाँ पनि अभाव ।
नवलपरासी, २३ साउन ।
पानी नपरेर खडेरीको मार झेल्दै आएका जिल्लाका किसानले पानी परेपश्चात् राहत महसुस गरे पनि युरिया मलको अभाव झेल्न परेको बताएका छन् । प्रकृतिले पानी पारेर किसानलाई राहत पु¥याए पनि युरिया सरकारले पु¥याउन नसकेर किसान मारमा परेको सुनाएका हुन् । पानी परेसँगै युरिया मलको व्यवस्थापन सरकारले गरिदिए राम्रै धान उत्पादन हुने रामग्राम–५ का कृषक नरेश जैसवालले बताए ।
प्रकृतिले किसानलाई पानी परेर राहत दियो, उनले भने, पानी परेपछि टफ ड्रेसिड्ड (युरिया छर्ने) गर्ने बेला हो, तर युरिया मल पाउनै मुस्किल भएको छ । आरोही सिड्स कम्पनी मार्फत उन्नत धानको बिउँ उत्पादन गर्दै आएका जैसवालले साधारण खाद्य प्रयोजनको धान भन्दा सन्तुलित मलखाद्यको आपूर्ति बिउँ बिजनमा हुनुपर्ने भए पनि युरिया अभावले सन्तुलित मल खाँद पु¥याउन समस्या देखिएको बताए ।
यसका लागि सरकारले पहल गर्नु पर्छ, सुमान्य खाद्यका धान बाली भन्दा बिउँका लागि भए पनि छुट्टै कोटा छुट्टाएर मल खाद्य उपलब्ध गराउन आफूहरूले माग गर्दै आए पनि सरकारी बेवास्ता देखिएको उनले दुखेसो पोखेका थिए । आफ्नो कम्पनीले उत्पादन गर्ने बीउ भारतीय बजारसम्म निर्यात गरेको जनाउँदै उनले सरकारले बिउँ बिजन गर्ने किसानलाई छुट्टै मलखाद्यको कोटा व्यवस्थापन गरिदिएको भए थोरै भए पनि राहत मिल्ने थियो ।
तर यहाँ त्यस्तो देखिन्,कृषकका कुरा हुन्छ,तर काम गरिँदैन । तिन तहको सरकार छ, तर मलको हाहाकार छ । किसानले मलको माग गर्दा मेयरले सांसद र मुख्यमन्त्री तर्फ औला तेर्साउने र प्रदेशका सांसद र मन्त्रीले मल आपूर्ति व्यवस्था सङ्घ सरकारले नियन्त्रण गरी राखेको आरोप लगाउँदै उम्किने अवस्था देखिएको उनले सुनाए ।
केही राम्रा काम भए जस लिने होडबाजी लागेका सरकारका जनप्रतिनिधि सङ्कटमा एक आर्कालाई दोषारोपण गर्दै उम्किने गरेका छन् । व्यवस्थापन कसरी गर्न सकिन्छ, भनेर तिनै तहका जनप्रतिनिधि एक स्थानमा कहिल्यै बसेको दिएनन्, कुरा काट्दै जनताबाट भाग्ने गरेका छन् । चुनावमा विभिन्न आस देखाउने जनप्रतिनिधि अहिले एउटा सुमान्य मलखाद्यको अभावको बेला उम्किने गर्दा अझै ठूला चुनौती आउँदा जनतालाई कसरी भरोसा दिलाउने कार्य गर्लान् भनेर उनले आश्चर्य व्यक्त गरेका थिए ।
लामो समय वर्षा नभएर खडेरीका कारण सुख्खा भएका धान बाली पानी पारेपछि हरियो भएका छन् । पछिल्लो केही दिनयता पानी पर्न थालेपछि रोपाइँपछि सिँचाइ अभावले सुख्खा भएका धान बाली झाँगिन थालेका छन्, जसले किसानलाई राहत पुगेको छन् । लामो समयदेखि वर्षा नभएर खडेरी लागेका धान वर्षा भएपछि हरियो भएसँगै डाँठ पनि बढिरहेको पाल्हीनन्दन गाउँपालिका–२ का जितेन्द्र गुप्ताले बताए ।
रोपाइँ भएदेखि पर्याप्त वर्षा नभएर जमिनका साथै धान खेती सुक्न थालेको थियो । ‘रोपिएको धानमा सिँचाइको अभावले गाह्रा फाट्ने, रोपो सुक्ने, गावा कुइनलगायत समस्याले किसान चिन्तित थिए । अहिले पानी परेपछि केही राहत भएको छ’, उनले भने,वर्षा नहुँदा जमिन सुख्खा भएर रोपिएको धानको डाँठ नबढ्ने र पहेँलो भएर गावा मर्नुका साथै विभिन्न रोगको समस्या देखिन थालिएको किसान चुल्हाई यादवले बताए ।
तीन दिनको लगातार वर्षा भए पछि धानका लागि अमृत जस्तै काम गरेको भन्दै उनले धान पानीबाट हुने फसल भएकाले पर्याप्त सिँचाइको व्यवस्था हुन जरुरी रहेकामा जोड दिए । पानी पनि ठिकको पर्दा डुबान हुने अवस्था पनि छैन, उनले थपे,पानीले राहत पाइयो,तर मल पाइएको र्छैन्,यो दुःखद पक्ष हो । भारतको भरमा सीमावर्ती किसानले खेतीपाती गर्ने गरेका छन् । तर अहिले भारतमा समेत युरिया मल खाद्यको अभाव भए पछि सीमावर्ती किसान पनि प्रभावित बनेको उनले सुनाए ।
खेतमा बराबर पानी रहिरह्यो भने धानबालीमा रोग नलग्ने तथा उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र प्रमुख डा.रविन्द्रनाथ चौबेले बताए । ‘सिँचाइ भइरहे खेत ओसिलो भइरहन्छ । धान काटेपछि कात्तिकमा खेत जोत्न सजिलो हुन्छ, खेतमा बीउ छर्दा छिटो सम्भावना बढी हुन्छ’, उनले भने, तर किसानले चाहेको युरिया मल पुर्याउन नसकिएकोमा उनले दु:ख व्यक्त गरेका थिए ।
प्रदेश सरकारले पनि यो जिल्लालाई ७ प्रतिशत मात्र मलखाद्यको कोटा निर्धारण गर्दा झन समस्या भएको उनको भनाई थियो । सरकारले एक तँ थोरै मल आपूर्ति गरेको अवस्था छ,त्यसमा पनि यस जिल्लालाई मलकोटा घटाएर पटाउँदा किसानलाई अन्याय नै भएको उनको भनाई थियो ।
भारतीय सीमावर्ती किसान तँ नेपालबाट मल आपूर्ति हुन नसके पनि भारतकै मल ल्याएर प्रयोग गर्ने गरेका थिए । तर अहिले त्यो अवस्था पनि नभएको हुँदा किसानलाई मर्का पर्नु स्वाभाविक नै भएको उनले बताए । तीन दिनको वर्षापछि यहाँका धानबालीमा हरियाली देखिन थालेको जानकारी दिए । उनका अनुसार जिल्लामा २० हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
सुक्न थालेका धान पानी परेर हरियो बनायो, आस गरौँ पानीबाट देखिने सङ्कट टरेको छ, उनले थपे, तर अहिले पनि मल खाद्य तथा रोग किराको व्यवस्थापन गरे लक्ष्य अनुसार धान उत्पादन हुनेछ ।