© २०२३
नेपालीहरूको महान पर्व हरितालिका तीजको अवसरमा विभिन्न स्थानमा कार्यक्रमहरू सम्पन्न भइरहेका छन् ।
तीजका भाकाहरूले सबैलाई रमाईलो बनाईरहेका बेला बुटवलको देवीनगरमा जनगायक जीवन शर्माले धेरैलाई रुवाएका छन् । जनगायक जिवनशर्माले सिमली छायामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन ठूला दुःखले घेरेको गित गाएका थिए ।
रेडियो रिपब्लिकले आयोजना गरेको बृहत तीज उत्सवमा कार्यक्रममा गायक शर्माले अत्यन्त मार्मिक गीत गाउँदै सबै नेपालीलाई एकजुट हुन अनुरोध गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश नं. पाँचका उपसभामुख कृष्णी थारुले लामो समयसम्म तीज मनाएर वास्तविक तीजको महŒवलाई नघटाउन अनुरोध गरिन । तीज वास्तवममा नेपालीहरूको महान पर्व भएकाले यसको महत्वलाई बुझेर आफ्नो क्षमतालाई ख्याल गरेर तीज पर्व मनाउनु पर्नेमा उपसभामुख थारुले आग्रह गरिन ।
उपसभामुख थारुले तीजलाई भड्कीलो बनाउन नहुने भन्दै समाजलाई सकारात्मक सन्देश दिने गरी तीज मनाउनुपर्ने भन्दै तीजको परम्परागत मान्यतालाई भुल्न नहुने उल्लेख गरिन
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष कुलचन्द्र पाण्डेले रेडियो सधै तीज पर्वमा कार्यक्रमले दर्शक र स्रोताहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । संस्थाका स्टेशन प्रमुख उषाकिरण पन्थले बोल्दै कलाकारको सम्मान र सञ्चार माध्यमले सधै सुचना, संगित र मनोरंजन प्रदान गर्दे आईरहे पनि कलाकार र स्थानिय बुटवलबासीलाई एकै स्थान जम्मा गर्ने पुलको काम मात्र रेडियो गरेको बताई । कार्यक्रममा चर्चित गायिका शिलु भटटराई, गायक विधान कार्की तुलसिंग रनपछाई, गायक राजन गुरु·, गायक युवराज भुसाल, नव गायिकका ईन्दिरा गैरले तीजका भाका प्रस्तुत गरेका थिए ।