ट्रेंडिंग:

>> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय

तालिमले आत्मनिर्भर बन्दै महिलाहरू

२६ भाद्र २०७५, मंगलवार
२६ भाद्र २०७५, मंगलवार

स्थानीयस्तरका कच्चा पदार्थ, सिप र प्रविधिको उपयोग गरेर बनाइने मुढाको प्रयोग सँगसँगै महिलाहरूले यसलाई स्वरोजगारको माध्यम बनाउन थालेका छन् । यसको लोकप्रियता बढ्दै जाँदा आयआर्जनका लागि महिलाहरूको आकर्षण समेत बढ्न थालेको हो । स्थानीय तहमा यसको प्रयोगसँगै रोजगारीको अवसर समेत सिर्जना भएको छ ।
कम लगानीमा घरमै बसेर तयार गरिने मुढाको प्रयोग घर, होटल तथा सवारी साधनमा समेत प्रयोग हुने गरेको छ । रूपन्देहीको देवदहमा देवदह उद्योग बाणिज्य संघले स्थानीय तहमा रोजगारीको सिर्जना गर्ने उद्देश्यले आयोजित एक हप्ते मुढा बनाउने तालिमले यहाँका महिलाहरूलाई आर्थिक उपार्जन गर्न सहज बनाएको छ । घर धन्धामा मात्र सीमित हुने महिलाहरूले मुढा बनाउने तालिमपछि दैनिक जीवनस्तरमा परिवर्तन आउने, आर्थिक रूपले बलियो बन्ने अपेक्षा गरेका छन् ।
बिशेषगरी महिलाहरू मात्र समावेश गरिएको मुढा बनाउने तालिमले आर्थिक रूपमा बलियो बनाउन सहयोग हुने र तालिम निकै राम्रो रहेको प्रशिक्षार्थी सिता भुसाल बताउँछिन् । “यो तालिम मलाई निकै प्रभावकारी लाग्यो, सजिलो पनि र घरमै बसेर आम्दानी गर्न सकिने भएकाले मैले यो सिपलाई घरमै बसेर सदुपयोग गर्नेछु ।” दुईचार पैसा माग्न पनि श्रीमानकै भर पर्नुपर्ने भएकाले अब त्यसको समाधान पनि यो तालिमले गरिदिएको प्रशिक्षार्थी भुसालको भनाइ छ ।
त्यसैगरी अर्की प्रशिक्षार्थी मिना श्रेष्ठले घरमा बसेर फुर्सदका महिलाहरूलाई यसले एकदम राम्रो काम दिने बताइन् । उनी भन्छिन्–“यसको बजार मूल्य ५ देखि ६ सय सम्म रहेको छ, दिनको एक हजार नै कमाई भएपनि महिनामा ३० हजार कमाइ हुन्छ ।”
घरेलु रूपमा पाइने समानहरू प्रयोग गरेर बनाउने मुढाको बजार मूल्य राम्रो रहेको हुँदा दिनमा दुईवटा सम्म मुढा बनाउन सकिने प्रशिक्षक शालिग्राम अर्याल बताउँछन् । “म पाल्पा घरमा रहँदा दिनमा दुई वटा सम्म मुढा बनाउने काम गरेँ । काममा लगनशील भएपछि मैले यही कामलाई निरन्तरता दिई ठाउँ–ठाउँमा प्रशिक्षकको रूपमा रहेर तालिम पनि दिन थालेको छु । मेलै बनाएको मुढा घरबाटै पनि बिक्री हुन्छ र मैले यसलाई व्यवसायिक रूपमा पनि संचालन गर्दै आएको छु”–उनी भन्छन् ।
बेरोजगारीलाई रोजगार दिनका लागि तालिमको आयोजना गरेको र मुढाको माग अधिक मात्रामा रहेकोले उत्पादित वस्तुले बजार नपाउलाकी भनेर डराउन नपर्ने बताउँछन् मुढा बनाउने तालिमका कार्यक्रम संयोजक रमेश गैह्रे । उनी भन्छन्–“तालिमबाट राम्रो अपेक्षा लिएका छौं, मुढा घर, गाडी, होटल सबै ठाउँमा प्रयोग हुने तीज हो । यो बनाएर बिक्दैन की भन्ने चिन्ता पनि हुँदैन, यो जता पनि प्रयोग हुन्छ र प्रयोग हुने भएकाले बिक्री नै हुन्छ ।”
खेर गएको समानलाई प्रयोग गरेर तयार गरिने सिपमुलक कार्यक्रम भएको हुँदा पनि यो बढी व्यवहारिक हुने उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकाल बताउँछन् । उनी भन्छन्–“सिप सिकांै स्वरोजगार बनौ” भन्ने मूल नाराका साथ देवदह उद्योग वाणिज्य संघले सिपमुलक तालिम संचालन गरेको हो । यसबाट ग्रामीण स्तरमा नै पाउन सकिने कच्चा पदार्थको समुचित उपयोग गर्ने अभिप्रायबाट पनि यो काम थालिएको उनले बताए । कतिपय उद्योगहरू, लघु उद्योगहरू कच्चा पदार्थको अभावमा धरासयी हुने अवस्था पनि धेरै ठाउँमा रहेको उल्लेख गर्दै ढकालले कतिपय खेर जाने पदार्थहरूलाई प्रयोग गरेर तयार गरिने एउटा सिपमुलक कार्यक्रम भएको हुँदा पनि यो बढी व्यवहारिक हुने ठानेर यो कार्यक्रमलाई अगाडि ल्याएको बताए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?