ट्रेंडिंग:

>> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व

चेकपोष्टका प्रहरीको आँखा छल्दै तस्करी

२६ भाद्र २०७५, मंगलवार
२६ भाद्र २०७५, मंगलवार

जिल्लाको सिमावर्ति महेशपुर नाकालाई लक्षित गरि नेपाल प्रहरी र शसस्त्र प्रहरीले ठाउँ ठाउँमा चेक पोष्ट खडा गरि चेक गर्ने गरेको भए पनि उनीहरूकै आँखा छल्दै चोरी तस्करी हुने गरेको छ । प्रदेश नम्बर ४ नवलपुर क्षेत्रको कोल्हुवा, प्रसौनी लगायतका गाउँबाट रिजर्भ गरेर आउने ब्यतिmहरूले घरायसी प्रयोजन भन्दै लाखौको मालसामान चोरी तस्करी गर्दै आए पनि प्रहरी मुक दर्शक हुने गरेको अरोप स्थानियले लगाएका हुन् । सिमा क्षेत्रका ब्यतिm साईलक,मोटरसाईकलमा आफ्नो घरायसी प्रयोजनका लागि थोरै माल समाज ल्याउँदा पक्राउ गर्ने प्रहरी चोक पोष्ट बसमा बसेका ब्यतिmको मालसामान चेकजाँच नगरि पठाउँदा चोरी तस्करी मौलाएको स्थानियले बताए । बसभरि ब्यपारी आउँछन् । मालसामान खरिद गरि लिएर जान्छन्, प्रहरीले मेसो पाउँदैन कि मिलोमतोमा तस्करी गराउने गरेको छ ? त्यसबारे भन्सार कर्मचारी, राजस्व अनुसन्धान के गरेर बसेको छ ? उनले चुनौती दिए । एउटा बसमा १० देखी २० लाखसम्मको मालसामान लोड भएको हुन्छ, भन्सार गरिएको हँुदैन । प्रहरी चेकजाँच गर्दैन् ।
नेपाली खुद्रे व्यपारीहरू भारतीय सिमावर्ति बजार ठुठीबारीबाट १० हजार देखि ५० हजारसम्मको घरायसी सामानहरू खरिद गरि भन्सार छलेर नेपाल भित्राउने गरेको स्थानिय व्यापारीले समेत गुनासो गरेका छन् । टाढाबाट आउने ब्यतिm घरायसी कामकाजका लािग लगेको हो कि कसैको भरिया हो ? त्यसको समेत पहिचान गरिनु पर्ने र अनुसन्धान गर्नु पर्ने ब्यापारीको माग रहेको छ ।
नारायणघाट, गैडाकोट, कावासोती, सुनवल, बर्दघाट, दाउन्ने जस्ता मुख्य–मुख्य बजारका खुद्रे व्यापारीहरू माईक्रो बसनै रिजर्भ गरेर ठुठीबारी बजार आई लाखांैको मालसामान खरिद गरि लैजाने गरेका छन् । उनीहरू आफूसँग आफनो घरको २÷३ जना सदस्य एवं साथीहरू बोकेर आउँछन् जसले गर्दा उनीहरू भारतीय बजारबाट खरिद गरिएको मालसामान २÷३ पटकमा थोरै–थोरै नेपाल भित्राउन सजिलो हुने गरेको छ । घरमा विवाह, ब्रतबन्ध, भोजको बहानामा घरायसी प्रयोजन भनेर एक जना व्यापारीले १० हजार देखि ५० हजार सम्मको मालसामान खरिद राजस्व छली रहेको प्रत्यक्ष देख्न पाइन्छ ।
भारतीय सिमावर्ति बजार, नेपाली उपभोक्ताहरूको पनि बजार रहेकाले प्रहरीले थोरै घरायसी प्रयोजनका सामानहरूमा व्यवहारिकता देखाएर छोड्ने गर्दछ तर त्यसैको फाईदा उठाउँदै व्यपारीहरू दिनहुँ लाखांैको राजस्व छली गरिरहेको स्थानिय व्यपारीहरूले आरोप लगाए । गत बिहीवार भदौ २१ गते मात्र व्यापारीहरू ना ४ ख ७०८६ र ना ५ ख ९८९२ नम्बरको माईक्रो बस रिजर्भ गरि मालसामानको ढुवानी गरेको पाइएको छ । खास गरि शनिवार र बिहीवारको दिन ठुठीबारी बजारमा बढि भिडभाड हुने गरेको छ । शनिवार र बिहीवार मात्र व्यापारीहरू विभिन्न बजारबाट ५÷६ वटा बस रिजर्भ गरेर आउने गरेका छन् । व्यापारीहरू बजारबाट दाल, चिनी, किरानाका सामान, कपडा लत्ता, हार्डवेयर, ईलेक्ट्रोन्किसका सामानहरूको खरिद गरि नेपाल भित्राउने गरेका छन् । यसरी लाखौं राजस्व छली भैरहँदा यसतर्फ नत महेसपुर भन्सार कार्यालयको ध्यान पुग्न सकेको छ नत चोरी तस्करी नियन्त्रण गर्ने प्रहरीको ध्यान पुग्न सकेको छ । ठाउँ ठाउँमा नेपाल प्रहरी एवं शसस्त्र प्रहरीको चेकिङ्गमा केहि रकम दिएर व्यापारीहरू मिलाउने गरेको चर्चा पनि निकै सुन्न पाइन्छ । दिनहुँ खुलेआम व्यापक चोरी तस्करी प्रति प्रहरी–प्रशासनको ध्यान पुग्न नसकेको स्थानियको भनाई छ । यसरी भारतीय बजारबाट राजस्व छलेर मालसमान नेपाल ल्याएपछि नेपाली बजार खस्किँदै गएको छ । सिमावर्ति ब्यतिmले साईकल र मोटरसाईकलमा केही सामान लैजाँदा प्रहरीले चेक गर्छन तर बस भनेर चालकसंग सोधपुछ गरेर छाडिदिने गरेका छन् । चोरी तस्करी नियन्त्रणकै लागि महेशपुर भन्सार नाका, हरपुर, बेलासपुर,परासी लगायनका विभिन्न स्थानमा शसस्त्र प्रहरीको चेकपोष्ट छ । ठाउँ ठाउँमा नेपाल प्रहरीको पनि चौकी रहेको छ, तर बसमा हुने तस्करीप्रति कुनै चेकपोष्टले चेक जाँच गरेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?