© २०२३
बुटवल,५ मंसिर । स्याङ्जा २ का चार बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । कांग्रेस कार्यकर्ताहरुल्े अनधिकृत रुपमा बुथ कब्जा गरी अन्य दलका प्रतिनिधिहरुलाई जबरजस्त बाहिर निकालेर एकलौटी मत खसालेको भन्दै पुनः मतदानको माग गर्दै उजुरी परेको स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।
स्याङ्जा २ मा कांग्रेसबाट उपसभापति धनराज गुरुङ तथा नेकपा एमालेको सचिव पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ, राप्रपाबाट लालगोपाल अर्याल लगायत उम्मेदवार छन् ।