ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

समयअवधि अघि नै पुल निर्माण कार्य सम्मन्न हुदा स्थानिय खुसि

२३ भाद्र २०८१, आईतवार
२३ भाद्र २०८१, आईतवार

नवलपुर, भदौ २३ गते । पुर्वि नवलपरासीको मध्यविन्दु नगरपालिकामा रहेको गोडार खोलामा मोटरवेल पुल निर्माण भएको छ । उक्त पुल निर्माण गर्नुपर्ने अन्तिम म्यादको तेह्र महिना अघिनै सम्पन्न भएको हो । सम्झौता भएको भन्दा समयअवधि अघि नै पुल निर्माण कार्य सम्मन्न हुदा स्थानिय खुसि भएका छन ।

पूर्वाधार विकास कार्यालय नवलपरासी पूर्वले मध्यविन्दु नगरपालिका –१५, टिकुलीटार स्थित गोडार खोलामा पुल निर्माणका लागि विस २०८० असोजमा देवचुली निर्माण सेवासँग सम्झौता गरेको थियो । ४५ मिटर लम्बाइको पुल विस २०८२ असोज १८ गते भित्र सम्पन्न गर्नुपर्ने रहेको थियो । रु। ५ करोड ८७ लाख ६४ हजार लागत रहेको पुल निर्माण कम्पनीले यही भदौ तीन गते काम सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख सन्तोष अर्यालले बताए । निर्माण कम्पनीले सम्झौता अवधि भन्दा तेह्र महिना पहिला काम सम्पन्न गरेको उहाँले बताउनुभयो । ठूलो पुल अन्तरगत पर्ने उक्त योजना छिटो गतिमा सम्पन्न भएको उनले बताए। निर्माणको काम सुस्त गतिमा हुनेगरेको भन्ने गुनासो रहने गरेकोमा यो पुल छिटो सम्पन्न हुनु सकारात्मक विषय भएको उनले बताए । ‘कतिपय योजना समयमा नसकिँदा समस्या हुने गरेको देखिन्छ, तर गरे सम्भव हुँदो रहेछ भन्ने सकारात्मक उदाहरण गोडार खोलाको पुल बनेको छ’ कार्यालय प्रमुख अर्यालले भन्नुभयो । यस्ता कार्यले अन्य सुस्त योजनालाई समेत समयमा सम्पन्न गर्न उर्जा थप्ने बताएका छन ।
पुल निर्माणको अन्तिम म्याद भन्दा अघिनै सम्पन्न हुँदा यस क्षेत्रका बासिन्दालाई सुविधा पुगेको मध्यविन्दु नगरपालिका –१५, का वडा अध्यक्ष यम बहादुर केसीले बताए । पुलले वडा नम्बर १५ सहित ६, ८, १०, ११, १२ का स्थानीयलाई आवतजावत गर्न सहज भएको उनले बताए । निर्माणको अन्तिम समय अवधि भन्दा पहिला सम्पन्न हुँदा झनै चाडै यहाँका बासिन्दालाई सुविधा थपेको उनले बताए । पुल नहुँदा बर्खाको समयमा जोखिम मोलेर हिँड्नुपर्ने र अन्य समयमा समेत खोला वारपार गर्न समस्या हुने गरेकोमा उक्त बाध्यता हटेको अध्यक्ष केसीको भनाइ छ।
यसै बिच पूर्वाधार विकास कार्यालय नवलपरासी पूर्वले एक वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ । जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा पूर्वाधार कार्यालयले आफू मातहतमा रहेका विभिन्न सडक योजनामा अन्तरगत ३७ किलोमिटर सडक कालोपत्र गरिएको उहाँले बताउनुभयो । पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ३९ किलोमिटर नाला निर्माण गरेको छ । यस्तै ठूला तीनवटा मोटरवेल पुल निर्माण सम्पन्न गरेको कार्यालय प्रमुख अर्यालले बताए ।
पूर्वाधार कार्यालयले १२ वटा कलभर्ट/कजवे निर्माण गरेको छ। यस्तै तीनवटा झोलुङ्गे पुल निर्माण गरेको कार्यालय प्रमुख अर्यालले बताउनुभयो । गत वर्ष पूर्वाधार विकास कार्यालयले सडक निर्माण, मोटरवेल पुल, झोलुङ्गे पुल, कलभर्ट निर्माण सहितका बहुवर्षीय योजना सहित करिब एक सय १५ वटा योजना सम्पन्न गरेको उनले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?