© २०२३
रूपन्देहीको देवदहमा लिटल प्रिन्स एण्ड प्रिन्सेज २०१८ सम्पन्न भएको छ । बालप्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले लक्ष्मी फेन्सी हाउस र ब्रदर कलक्सन देवदहले उक्त प्रतियोगिता संचालन गरेको हो । प्रतियोगितामा ५ देखि १२ वर्ष सम्मका बालबालिकाहरूले भाग लिएका थिए । जसमा लिटल प्रिन्स एण्ड प्रिन्सेज देवदह २०१८ को उपाधि देवदहका नीति केसी र सुजल बस्यालले हात पारेका छन् भने बेवी विइनर सुसेन गुरुङ्ग हुन सफल भएका छन् । उनीहरूले एक वर्षको छात्राबृत्ति र ताजसहित शिल्ड, प्रमाण पत्र हात पारेका छन् । त्यसैगरी फस्ट रनरपको उपाधि अर्पिता अधिकारी र प्रवेश गुरुङ्गले हात पारेका छन् भने सेकेण्ड रनरपको उपाधि गंगा गुरुङ्ग र साकार श्रेष्ठले हात पारेका छन् ।
प्रतियोगितामा मस्ट भ्युअर च्वाइस् आकृति गुरुङ्ग र योविद बुढाथोकी, अर्गानाइजर च्वाइस भूमिका भूषाल र सेन्जो आले, कोरियोग्राफर च्वाइस अपेक्षा श्रेष्ठ र सतिस गुरुङ्ग हुन सफल भएका छन् । त्यसैगरी बेस्ट स्माइलमा श्रद्धा थापा, मस्ट डिसीप्लिनमा श्रद्धा थापा र विशेष कुमाल हुन सफल भएका छन् । शुरुका दिनमा भएको अडिसनमा ६५ जनाले भाग लिएकोमा अन्तिममा १८ जना छनौट भएर प्रतियोगितामा भाग लिएका थिए । बाल कलाकार अनुभव रेग्मी समेतको उपस्थिति रहेको प्रतियोगितामा वडा नं. ७ का वडा अध्यक्ष पदम थापा, सुमन श्रेष्ठ लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।