ट्रेंडिंग:

>> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै

पहिलो आउने सेवाग्राहीलाई सम्मान

२२ भाद्र २०७५, शुक्रबार
२२ भाद्र २०७५, शुक्रबार

नतिजामुखी प्रशासनः समृद्धि र शुससान भन्ने मुल नाराका साथ देशभर आज निजामती सेवा दिवस मनाइएको छ । सोही अनुरुपम बुटवलको ईलाका प्रशासन कार्यालयले कार्यालयमा सेवा लिन आउने पहिलो सेवा ग्राहीलाई दिवसको अवसरमा सम्मान गरेको छ । ईलाका प्रशासन कार्यालयमा सेवा लिन आएकी बुटवल–१३ बेलबासकी तारा ढकाल बेल्बासेलाई सम्मान गरिएको हो । अन्य स्थानमा भन्दा फरक प्रकृतिबाट निजमती दिवस मनाईएको ईलाका प्रशासनक कार्यालय बुटवलका शाखा अधिकृत धुब्र कुमार नेपालले जानकारी दिए । यसैविच काठमाण्डौमा पनि विशेष कार्यक्रम गरी निजामती सेवा दिवस मनाइएको छ । विशेष समरोहलाई सम्बोधन गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक सेवा(सुविधाको लोभ नगर्न कर्मचारीलाई आग्रह गरेका छन् । उनले कम खर्च गर्न र काम गुणा गर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।‘हाम्रोमा निरपेक्ष गरिबी २१ प्रतिशत छ, तिनले भुटेको मकैसमेत पेटभरि खान पाउँदैनन्’, निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले भने, ‘तिनलाई हेरेर सेवा(सुविधाको कुरा गर्नुस् ।’
प्रधानमन्त्री ओलीले कर्मचारीले घुस खाएको समाचार बारबार आउने गरेको भन्दै आउँदा दिनमा त्यस्तो समाचार सुन्नु नपर्ने विश्वास व्यक्त गरे । ‘कर्मचारीले घुस खाएको समाचार बारबार आउँछन’, प्रधानमन्त्रीले भने, ‘अब त्यस्तो सुन्नु नपरोस् ।’
उनले कर्मचारीको अहिलेको काम सन्तोषजनक नभएको खर्च कम र काम बढी गर्न निर्देशन समेत दिए । ‘अहिले हामीले दुई हप्तामा जुन काम गरिरहेका छौं, त्यसलाई एकै हप्तामा पनि गर्न सकिन्छ ,’ प्रधानमन्त्री ओलीले भने ।कर्मचारी संगठन खारेज हुनुपर्ने बहस बेला(बेला उठ्ने गरेपनि उनले त्यो यथावत रहने भन्दै बचाउ गरे । ‘ आधिकारिक ट्रेड युनियन कानुनी हैसियत प्रप्त संस्था हो । तिनको मातृ संस्था उद्गमस्थल हो । तिनका कार्य र हैसियत यथवत रहन्छन्’, प्रधानमन्त्री ओलीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?