ट्रेंडिंग:

>> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव

सन्दर्भ : महाशिवरात्री पर्व अनि शिव चर्चा

१४ फाल्गुन २०८१, बुधबार
१४ फाल्गुन २०८१, बुधबार

सनातन धर्मावलम्बीहरुले अत्यन्तै श्रद्धा अनि भक्तिपूर्वक मनाउदै आएको पावन पर्व हो शिवरात्री अर्थात् भगवान् शिवको अत्यन्तै प्रिय रात्रिको नाम शिवरात्री हो । जुन रात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्री भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्त्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जाग्राम सहित विधिपूर्वक व्रत गर्नुपर्ने शास्त्रीय विधान छ । भगवान् शिवको निर्गुण निराकारबाट सगुण साकार रुपमा दिव्य अवतरणको मंगलसूचक रातको नाम नै महाशिवरात्री हो । शिवरात्रीका सम्बन्धमा भनिएको छ ः
फाल्गुने कृष्णपक्षस्य या तिथिः स्याच्चतुर्दशी ।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका ।।
तत्रोपवासं कुर्वाणः प्रसादयति मां ध्रुवम् ।। (शिवपुराण)

अर्थात्; फागुन कृष्ण चतुर्दशीको रात्रि शिवरात्रीका नामले प्रसिद्ध छ । यस दिन उपवास गर्ने साधकले मलाई प्रसन्न तुल्याउँछ । विशेष महत्व र यस्ता अनेक रहस्यको पुन्ज भगवान् शिवमा अनुपम सामञ्जस्य, अद्भुत समन्वय र उत्कृष्ट सद्भावको दर्शन हुन्छ । त्यसैले वहाँको सत्प्रेरणाद्वारा विश्व–कल्याणको महान् कार्यमा प्रवृत्त हुनु मानवमात्रको परम कर्तव्य हो । भगवान् शिव अर्धनारीश्वर भएर पनि कामविजेता हुनुहुन्छ । गृहस्थ भएर पनि परम विरक्त हुनुहुन्छ । विषपान गरेका कारण नीलकण्ठ भएर पनि विषबाट अलिप्त हुनुहुन्छ । ऋद्धि–सिद्धिहरुका मालिक भएर पनि तिनीहरुबाट अलग हुनुहुन्छ । उग्र भएर पनि सौम्य (शान्त) र अकिंचन भैकन पनि सर्वेश्वर हुनुहुन्छ । निधारमा प्रलयकालको अग्नि र शिरमा परम शीतल गंगाजी वहाँको अनुपम शृंगारका रुपमा रहेका छन् । भगवान् शिवको सान्निध्यमा साँढे र सिंह त्यसैगरी मयूर र सर्पले एक–आपसमा रहेको वैरभावलाई सजिलै भुली एकसाथ क्रीडा गर्दछन् । यसले समस्त विरोधी भावहरुको विलक्षण समन्वयको शिक्षा दिने भएकाले विश्वलाई सह–अस्तित्व अपनाउनका लागि राम्रो मार्गनिर्देशन मिल्दछ । यसैगरी वहाँको श्रीविग्रहरूप शिवलिंग ब्रह्माण्ड र निराकार ब्रह्मको प्रतीक भएकोले सर्वपूज्य छ । निराकार ब्रह्मको कुनै रूप, रंग, आकार आदि नभए जस्तै शिवलिंगको पनि छैन । जसरी गणितमा शून्य केहि नभएर पनि सबथोक हुन्छ । जस्तै कुनै अंकको दाहिने भएर शून्यले त्यसको दशगुणा मूल्य गरिदिन्छ । त्यसैगरी शिवलिंगको पूजाबाट भगवान् शिव पनि दाहिने (अनुकूल) भएर मानवमात्रलाई अनन्त सुख–समृद्धि प्रदान गर्नुहुन्छ ।

महाशिवरात्री हिन्दू धर्मका प्रमुख पर्वहरु मध्येको एक हो । यसलाई शिवरात्री पनि भन्ने गरिन्छ । विशेषगरी यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् । धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्री भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले ताण्डव नाच्दै ब्रम्हाण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका थिए । यसैले यस दिनलाई महाशिवरात्री वा कलरात्री भनिन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् । धतुरो विकार, वैर नफरतको, बेलपत्र गलत आचरणको प्रतिक हुन । जसलाई नै वास्तवमा शिव परमात्मामाथि चढाउनु पर्दछ । साथै आत्माको ज्योति जगाउने जागरण तथा पवित्र रहने व्रतलिनु पर्दछ । शिवरात्री त्यो रात्रि हो, जसमा शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ । भगवान शिवको अतिप्रियरात्रिलाई शिवरात्री भनिन्छ । शिवरात्रीको दिन शिव आराधनाको विशेष महत्व छ । शिवजीको आराधनामा जति महत्व अभिषेकको हुन्छ, उत्तिनै महत्व महामृत्युंजय मन्त्रको पनि रहेको छ । शिवजीको आराधना महामृत्यंजय मन्त्र बिना अपूर्ण हुने धार्मिक मान्यता पनि रहिआएको छ । हामी भगवान् शिवको चरणमा श्रद्धा अनि भक्तिपूर्वक शिर झुकाउँछौं, जलाभिषेक गर्छौं, बेलको पात चढाउँछौं, धुपवत्ती अनि आरती गर्छौं । र, यो आस्था र विश्वासको बलमा मात्र मानिसले ईश्वर प्राप्त गर्दछ । जुन वस्तुको अशुद्धता वा दोषको कारणले घृणा गरिन्छ, त्यसमा ध्यान नदिई शिवले त्यसलाई धारण गरेर शुभ बनाउँछन् । समुन्द्र मन्थन गर्दा निस्किएको विष पिएर नीलकण्ठ भनेर चिनिन थाल्यो । उसले मन्थनबाट निस्केका अन्य रत्नहरूलाई पनि हेरेन । तिनीहरूले त्यसलाई जित्छन् जसबाट जीवित प्राणीको मृत्यु हुन्छ । त्यसैले उनको नाम मृत्युञ्जय हो । यो शिव तत्वको आधार हो । शिव प्रारम्भ, अन्त्य र मध्यको प्रारम्भिक केन्द्र बिन्दु हो । शिव तत्व ब्रह्माण्डको रहस्य हो, जसले प्रकृति र मानव बीचको भिन्नतालाई हटाउँछ र यसको एकरूपता स्थापना गर्दछ । शिवले ब्रह्माको रूपमा ब्रह्माण्डको सृष्टि गर्नुहुन्छ, विष्णुको रूपमा जीवनलाई प्रवेश गर्नुहुन्छ र शंकरको रूपमा ब्रह्माण्डको अन्त्य गर्नुहुन्छ । त्यसैले शास्त्रमा ब्रह्मा, विष्णु र महेशको एउटै रूपमा प्रकट हुनेलाई शिव भनिएको छ, शिव त्यो परम तत्व हो, जसबाट यो संसारको श्रृष्टि भयो । यो विश्व ब्रह्माण्ड चराचर जीव जगतको बिस्तार भएको छ । यो विश्व ब्रह्माण्ड चराचर जीव जगतको श्रृष्टिका साथै पालन पनि भैरहेको छ भने तिनै शिव तत्वबाटै सारा जगतको लय पनि भैरहेको छ । अर्थात्, संहार भैरहेको छ । त्यसैले तत्वको हिसाबले शिव जगतका परम आत्मा हुनुहुन्छ । सारा जगत उहाँबाटै उत्पन्न हुन्छ, त्यसैमा वृद्धि हुन्छ अनि त्यसैमा लय पनि हुने भएकाले शिव नै जगतको आत्मा हुनुहुन्छ अनि शिवलिङ्ग उनै निराकार परम आत्माका प्रतीक हुन् । देवादिदेव महादेव शिवको बारेमा केही कुरा भन्न खोज्नु वास्तवमा सूर्यलाई दियो देखाउनु जस्तै हुनेछ । तर पनि शिवको अध्ययन, आराधना गर्ने सन्दर्भमा केही कुरा भन्नु पर्दा उहाँ यति व्यापक हुनु हुन्छ कि उहाँको विषयमा हामीले चर्चा गरेर साध्य हुँदैन किनकि उहाँ स्वयम् असाध्य हुनुहुन्छ, अपरम्पार हुनुहुन्छ ।

शिव परम तत्व हो, जीवनदर्शन हो, विज्ञान हो, पूरै परमात्मा हो र मानव जगत परमात्माको अंश हो। यसरी शिवलाई बुझ्यो भने मानिसले आफूलाई बुझ्छ र आफ्नो पूरा जीवन मानव कल्याणमा लगाएर मोक्ष प्राप्त गर्छ। नत्र सदा दुःखी भई आफ्नो जीवन र सन्ततिको जीवनसमेत बर्बाद पार्छ। यसमा कुनै द्विविधा छैन। शिव तत्व ब्रह्माण्डको रहस्य हो, जसले प्रकृति र मानव बीचको भिन्नतालाई हटाउँछ र यसको एकरूपता स्थापना गर्दछ । शिवले ब्रह्माको रूपमा ब्रह्माण्डको सृष्टि गर्नुहुन्छ, विष्णुको रूपमा जीवनलाई प्रवेश गर्नुहुन्छ र शंकरको रूपमा ब्रह्माण्डको अन्त्य गर्नुहुन्छ । त्यसैले शास्त्रमा ब्रह्मा, विष्णु र महेशको एउटै रूपमा प्रकट हुनेलाई शिव भनिएको छ, शिव त्यो परम तत्व हो, जसबाट यो संसारको श्रृष्टि भयो । यो विश्व ब्रह्माण्ड चराचर जीव जगतको बिस्तार भएको छ । यो विश्व ब्रह्माण्ड चराचर जीव जगतको श्रृष्टिका साथै पालन पनि भैरहेको छ भने तिनै शिव तत्वबाटै सारा जगतको लय पनि भैरहेको छ । अर्थात्, संहार भैरहेको छ । त्यसैले तत्वको हिसाबले शिव जगतका परम आत्मा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?