© २०२३
लायन्स क्लब अफ बुटवल स्टार्सले बुधबारबुटवल–११ प्रगतिनगरमा रहेको नेपाल अपांग आश्रमलाई खाद्यन्न सहयोग गरेको छ । क्लबका सदस्य रिन्कु लिगलको जन्मोत्सवको अवसरपारेरक्लबले आश्रमलाई सहयोग गरेको हो ।
चामल, तेल, चिउरा लगायत करिब १३ हजारबराबरकोे खाद्यन्न क्लबले आश्रमलाई सहयोग गरेको थियो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का पूर्ब गर्भनरएम जेएफ महेन्द्र नारायण श्रेष्ठले क्लबले गरेको कामको सह्राना गर्दै आश्रममा रहेका अनाथ अपांग बालबालिकालाई सिपमूलक काम सिकाउनु पर्ने बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष एवं जोन चेयरपर्सन सन्दिप कसौधन, निबर्तमान अध्यक्ष तथा एरियाको चिफ एम जेएफ आशिष कृष्ण श्रेष्ठ, बिजय बर्नवाल लगायतले बोलेका थिए ।