ट्रेंडिंग:

>> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर)
प्रश्नको घेराबन्दीमा उम्मेदवार

लिखित हस्ताक्षर गरे मात्रै भोट !

२९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक २०७९, मंगलवार

अर्घाखाँची, २८ कात्तिक ।

निवर्तमान उपसभामुख एवं कांग्रेस उम्मेदवार पुष्पा भुसाल गौतमले छत्रदेव गाउँपालिका–६ ठूलापोखरामा पुगेर मतदातालाई भनिन, ‘केपी ओलीले संसद भंग गरेर संविधान मास्न खोजे, संविधानलाई जोगाउन ५ दल एक भएका छौं, गठबन्धनका उम्मेदवारलाई भोट दिनुस् ।’ त्यसो भन्दा भुसाललाई भेट्न भेला भएका एकसय भन्दा बढी मतदाता मौन बसे ।

उनीहरुले भुसाल र प्रदेशसभा (१) का उम्मेदवार राजमोका सागर केसीलाई ठुलापोखराको विकासका योजना १० बुँदामा प्रतिबद्धता जनाए मात्रै भोट दिने माग राखे । ५ वर्षसम्म गर्ने विकासमा मौखिक आश्वासनमा विश्वास गरेनन् । दुवै जनालाई लिखित हस्ताक्षर गराए । भुसाल र केसीले १० बुँदे विकासका माग पुरा गर्ने भाषण गरेपछि बल्ल मतदाताले ताली पिटे । भोट माग्न उम्मेदवार भेट्न आउने भनेपछि ठुलापोखरामा स्थानीयले अघिल्लो दिन भेला गरेरै विकासका योजना बनाएका हुन ।

उनीहरुको दस बुँदे मागमा वडाभित्रको सडकलाई स्तरोन्नती गर्दै व्यवस्थित र कालोपत्रे गरिदिनुपर्ने, यस क्षेत्रकै ठूलो चौवाटार सिचाइँ कुलो सम्पन्न भएकाले त्यसलाई मर्मत सुधारको माग राखेका छन् ।

त्यस्तै कोकलचारे–सेट्टारी सिचाइ योजना, दुग्दी–सालबोट–बलीफाँट सिचाइ योजना, गुठी–अरटारी–फुल्ली र सानीखोली–तौवाखोला सिचाइ योजनामा बजेट पारेर सम्पन्न गर्ने प्रतिबद्धता भुसाल र केसीले जनाए । खेतबारीमा तटबन्ध, चौवाहको सरस्वती आधारभूत विद्यालयको भवन निर्माण, धार्मिक मठमन्दिर निर्माण गर्नेमा हस्ताक्षर गरेका छन् । सालबोट–कोटफेरा लिफ्टिङ खानेपानी, अशिदश चौवाह–उरामथुम लिफ्टिङ खानेपानी योजना, दुग्दी, धैरेनी–धरमपानी योजना निर्माण सम्पन्न गरी एक–घर एक धारा बनाइदिनुपर्ने र उपल्लो टिकुरी, तल्लो टिकुरी खानेपानी योजनामा मिटर जडान गर्नुपर्ने माग छन् । जितेपछि ५ वर्षभित्र यी काम सम्पन्न गरिदिन्छौं भनेर भुसाल र केसीलाई मतदाताले लिखित हस्ताक्षर गराए ।

छत्रदेव–६ का कांग्रेस वडा सभापति धनिश्वर पाण्डेले गाउँलेको छलफलपछि तयार पारिएको सम्झौता पत्र एक सय भन्दा बढी मतदाता माझ उम्मेदवारलाई अगाडी राखेर पढेर सुनाए । त्यसपछि यी काम गर्नुहुन्छ कि हुन्न भनी प्रश्न सोधे । उम्मेदवार भुसाल र केसीले तीन तहको सरकारको समन्वयमा सबै माग पुरा गरिदिन्छौं भनेर आश्वासन सहित हस्ताक्षर गरेर भोट मागे ।

‘यसअघिका चुनावमा भोट माग्न आउने उम्मेदवारलाई पनि मौखिम रुपमा यिनै माग राखेका थियौं, जितेपछि सांसदले काम गरिदिएनन्,’ पाण्डेले भने, ‘आफ्नै पार्टीका उम्मेदवार भएपनि मौखिक आश्वासनमा विश्वास नलागेपछि लिखित प्रतिबद्धता गर्न भन्यौं ।’ चुनावका बेला गाउँमा आएर गर्न नसक्ने काम पनि गरिदिन्छौं भनेर भाषण गर्ने तर, जितेपछि वास्तै नगर्ने बानी बस्यो । ‘विश्वास नलागेरै लिखित गराएका हौं,’ उनले भने ।

दस बुँदे माग पुरा गरिदिए ठूलापोखरा विकासमा नमूना वडा बन्ने उनले बताए । ‘ठुलापोखराको गाउँ समेटेको सन्धिखर्क–तम्घास सडकलाई कालोपत्रे सम्पन्न गर्ने र कृषि उद्यमबाट युवालाई स्वरोजगार उन्मुख बनाउँछौं,’ कांग्रेस केन्द्रीय सदस्य भुसालले भनिन, ‘कफी खेती विस्तार, पशुपालन, तरकारी र खाद्यवस्तु उत्पादन गर्न नयाँ योजना बनाएर काम गर्छौ । दस बुँदे माग बाहेक अरु काम पनि गर्छौ ।’

ठूलापोखराबाट सदरमुकाम सन्धिखर्क र गुल्मीको तम्घास पुग्न उस्तैउस्तै समय लाग्छ । यहाँबाट एक सय लिटर दूध सन्धिखर्क बजार पुग्छ । दूध मोटरसाइकलमा ठुलापोखराका मिनु मुखियाले ल्याउँछन् । उनी यसअघि भारतमा नोकरी गर्थे । यहाँ कफी खेती हुन्छ । कृष्णप्रसाद पाण्डेको घरमा तीन सय बोट कफी छन् । उनले गाउँको कफी संकलन गरेर काठमाडौं पठाउँछन् । ‘एक टन पार्चमेन्ट कफी उत्पादन हुन्छ,’ उनले भने, ‘ दूध, अन्न, खसीबोका, कुखुरा, अण्डा, कफी खेती, तरकारी, मसलाबाली र फलफुल जति पनि उत्पादन हुन्छ त्यसलाई बजार पठाइदिने व्यवस्था सरकारले गरिदिए धेरै युवा कृषि उद्यममा जोडिन्थे र बसाइसराई रोकिन्थ्यो । मैले धेरै पटक सांसद, जनप्रतिनिधिलाई भनें, सुन्दै सुन्दैनन् ।’ उनले घरमै बेसार र अदुवाको धुलो बनाएर बजार पठाउँछन् ।

‘हामीले सबै उम्मेदवारलाई लिखित प्रतिबद्धता गराउँछौं,’ ठुलापोखराका एक स्थानीयले भने, ‘भुसाल र रायमाझी मध्ये जित्ने एक जनाले हो । लिखित गराएपछि जस्ले जितेपनि विकास गाउँको हुन्छ, हामीलाई राजनीतिक प्रशिक्षण होइन विकास चाहिएको छ ।’

यतिबेला मत माग्दै प्रतिनिधिसभामा गठबन्धनमा कांग्रेस नेतृ भुसाल र एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी मत माग्दै गाउँमा दौडधुप गरेका छन् । राजनीतिक भाषणमा खासै चासो छैन । रायमाझी पनि विकासका मागमा लिखित प्रतिबद्धता गराउने गाउँलेले बताए । उनले लगातार तीनपटक चुनाव जित्दै आएका छन् ।

‘उम्मेदवारहरु गाउँमा मतदातासँग सरोकार नभएका विषयका ठुलाठुला जटिल भाषण गर्छन्,’ स्थानीय कमला पाण्डेले भनिन्, ‘आम मतदातालाई त्यसले खासै छुँदैन । हामीलाई त सरकारी स्कुलमा राम्रो पढाई, स्वास्थ्य संस्थामा सहज स्वास्थ्य सेवा, गाउँका सडकमा बाह्रै महिना गाडी चल्ने बाटो, किसानले उत्पादन गरेका वस्तु बजारीकरण व्यवस्था चाहिएको छ ।’ उम्मेदवारले जनताका आधारभूत आवश्यक्ता पुरा गरिदिने भाषण गर्नुपर्ने उनले बताइन् । वैदेशिक रोजगारीको लोभ देखाएर युवालाई विदेश लखेट्ने होइन, गाउँमै रोजगारीको लागि अवसरको व्यवस्था गरिदिनुपर्ने उनले बताइन् । ‘गाउँमा खेतबारी बाँझिए, राम्रो शिक्षा, स्वास्थ्य लगायत सेवा नभएर शहरमा बसाइसराई भएको छ,’ उनले भनिन, ‘नेताहरुले गाउँ रित्ताएर विकास गर्छन् कि युवालाई गाउँमै बसौंबसौं भन्ने गरी विकास गर्ने ? । गाउँमा बुढाबुढी मात्रै छन् ।’

हंसपुरका ७३ वर्षीय छन्दबहादुर विकले वृद्धभत्ता पाउँछन् । तर, उनी खुसी छैनन् । ‘सरकारले भत्ता दिएर के गर्ने ? पैसाले बजारमा सामान किन्ने तागत हराइसक्यो,’ उनले भने, ‘छोरो विदेश छ । गाउँमा पढाई राम्रो भएन, छोराछोरीलाई पढाउन शहर झरिन्, हामी बुढाबुढी गाउँमा एक्लै छौं ।’ गाउँमै रोजगारी भएको भए, छोरो साथमै हुन्थ्यो । रोजगारी भएन, छोरो त विदेश जानुपर्याे । ‘गाउँको सामुदायिक स्कुलमा राम्रो पढाई भएको भए, बुहारी यही बस्थिन, नातीनाती खेलाएर बस्न पाउँदा हामी कति रमाउने थियौं होला,’ उनले भने, ‘शहरमा डेरा लिएरै बुहारी बसेकी छन् । शुक्रवार बेलुका आउँछन्, शनिवार जान्छन्, परिवार छिन्नभिन्न भएर धेरै दुःख भएको छ ।’ यसबारे नेताले कहिले सोच्छन् ? खाली भोट माग्नलाई जे पनि गर्ने तर, हाम्रा दुःख नदेखेको उनले बताए ।

लगातार तीन पटक चुनाव जितेका रायमाझीले आफुले शुरु गरेका विकासका योजना पुरा गर्न भन्दै मत माग्दै गाउँ डुलेका छन् । ‘मतदाताको माग गाउँमै गुणस्तरीय शिक्षा, स्वास्थ्य, बाटा राम्रो गरिदिनुपर्ने माग लेखेरै दिन्छन्,’ पूर्वउपप्रधानमन्त्री रायमाझीले भने, ‘ठूला योजना सहित, पूर्वाधार विकास गर्दै गाउँमै बसौंबसौं भन्ने गरी काम गरेर रोजगारीका अवसर सृजना गरिदिन्छौं ।’ प्रत्येक गाउँमा फरकफरक ढंगका माग मतदाताको रहेको छ । भुसाल र रायमाझी सहितका उम्मेदवारलाई गाउँका मतदाताले विकासका मागहरु लेखेरै बुझाउने गरेका छन् । मतदाताले लेखेर दिएको मागलाई उम्मेदवारले भाषणमा पुरा गरिदिने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission