ट्रेंडिंग:

>> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर)

पाल्पामा चुनावी प्रतिष्पर्धा रोचक बन्दै

२६ कार्तिक २०७९, शनिबार
२६ कार्तिक २०७९, शनिबार

पाल्पा, २६ कात्तिक ।

प्रतिनिधिसभा तर्फ दुई निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ चार निर्वाचन क्षेत्र रहेको पाल्पामा निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । पहिले एउटै पार्टीमा रहेका अहिले प्रतिस्पर्धामा उत्रिएका छन्भने कतै नयाँ अनुहार चुनावी मैदानमा होमिएसँगै पाल्पामा चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको छ ।

जिल्लाको दुई निर्वाचन क्षेत्र मध्ये २ नंम्बर क्षेत्रमा भने यस पटक चुनावी माहोल रोचक बन्दै गएको छ । ३० बर्ष सम्म एउटै पार्टीमा रहेका दुई नेता अहिले फरक फरक पार्टीबाट चुनावी प्रतिस्पर्धामा होमिएका छन् । २०७४ निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार रहेका सोम प्रसाद पाण्डे अहिले नेकपा एकीकृत समाजवादीबाट गठबन्धनको साझा उम्मेदवार बनेका छन् । अर्काे हिजो पाण्डे लाई मत माग्दै हिडेका नेकपा एमालेबाट पोलिटब्यूरो सदस्य ठाकुर गैरै चुनावी मैदानमा उत्रिएका छन् ।

२०७४ सालमा प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट उम्मदवार रहेका सोम प्रसाद पाण्डेले नेपाली कांँग्रेसका हरिप्रसाद नेपाललाई ११ हजार मतान्तरले हराएर विजयी भएका थिए । अहिले उनै पराजित उम्मेदवार नेपाल पाण्डेलाई जिताउन मत माग्दै घरदैलोमा छन । पाण्डे २०५१ सालदेखि निरन्तर उम्मेदवार बन्दै ४ पटक जित हासिल गरेका छन् २०६४ सालको संविधान सभा निर्वाचनमा नेकपा माओवादीकी लिला सोमै संग पराजित भएका थिए ।
पाल्पा क्षेत्र नं २ मा प्रतिनिधि सभामा ३ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा होमिएका छन् । स्वतन्त्र र सानादलको सक्रियताले ठूला दलका उम्मेदवारलाई चुनौती थपिएको छ । पाल्पा क्षेत्र नंं २ मा मुख्य गरी समाजवादीका पाण्डे र एमालेका गैरेबीच नै मुख्य प्रतिष्प्रर्धा रहेको छ । २०५१ देखि २०७४ सम्म लगातार उम्मेदवार बनी २०६४ को संविधान सभा सदस्य निर्वाचन बाहेक ४ वटै निर्वाचनमा विजयी हुनुुभएका सोमप्रसाद पाण्डेले पुरानो योजनालाई पुरा गर्ने बताउनुभएको छ भने निर्वाचनमा डेब्यू गरेका ठाकुर गैरेले मतदाताको आधारभुत आवश्यकलाई चुनावी एजेण्डा बनाएका छन् । नेकपा एमाले उम्मेदवार गैरेले तानसेन–बुटवल सडक, पाल्पालाई जोड्ने अन्तरजिल्ला सडक निर्माण पहिलो प्राथमिकता सहित पाल्पाको शिक्षा, स्वास्थ्य, पर्यटन विकासका एजेण्डा बनाएका छन् ।

पाल्पा क्षेत्र नंं. २ मा गठबन्धनका पाण्डे, एमालेका गैरेबाहेक जनता समाजवादी पार्टी नेपालका देवबहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर भुख्वा, मंगोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका तारा बहादुर खत्री, जनता समाजवादी पार्टीबाट दुर्पता सोमै चुनावी प्रतिष्प्रर्धामा रहेका छन् ।

पाल्पा क्षेत्र नंं २ मा माथागढीको १ नम्बर सहित ४४ वडामध्ये तानसेन नगरपालिकामा १०, रिब्दीकोटमा आठमध्ये ६, रैनादेवी छहरामा आठमा ६ वडा गठबन्धनले जितेको छ । तिनाउ गाउँपालिकाका ५ वडा मध्ये दुई वडामा गठबन्धनले जितेको छ । तानसेनमा नगर प्रमुख, उपप्रमुख, रिब्दीकोटमा अध्यक्ष, उपाध्यक्ष, रैनादेवी छहरामा अध्यक्ष, उपाध्यक्ष र तिनाउमा उपाध्यक्ष गठबन्धनले जितेको छ । नेकपा एमालेले तिनाउँमा अध्यक्ष सहित २ वडा, बगनासकालीमा अध्यक्ष, उपाध्यक्ष सहित ६ वटा वडा, तानसेनमा ४ वटा वडा, रिव्दीकोटमा २ वडा र रैनादेवी छहरामा २ वडामा विजय हासिल गरेको छ । क्षेत्र नम्बर २ मा १ लाख ५ हजार २ सय ९३ मतदाता छन ।

क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका विरबहादुर राना र एमालेबाट पर्शुराम भट्टराई चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश सभा २ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका वसन्त घर्ती र एमालेबाट ओम बहादुर घर्ती चुनावी मैदानमा होमिएका छन् ।

यता पाल्पा क्षेत्र नंम्बर १ मा भने प्रतिनिधिसभाका लागि गठबन्धन र एमालेबाट दुवै नयाँ अनुहार चुनावी प्रतिस्पर्धीमा रहेका छन् । गठबन्धनको साझा उम्मेदवारमा कांग्रेसका जिल्ला उपसभापति ज्ञानबहादुर गाहा र एमालेबाट नारायणप्रसाद आचार्य प्रतिस्पर्धामा छन् । गत ०७४ को प्रतिनिधि सभामा एमालेबाट दल बहादुर राना र कांग्रेसबाट विजयराज घिमिरे बीच चुनावी प्रतिस्पर्धा भएको थियो । एमालेका रानाले घिमिरेलाई ८ हजार मातान्तरले हराएका थिए । २०५१ सालदेखि निरन्तर चुनाव जित्दै आएको एमालेलाई २८ वर्षदेखि आफ्नो वर्चश्व कायमा राख्दै आएको छ । यसपटक भने गठबन्धन र एमालेबीचको प्रतिस्पर्धाले एमालेको गढ भत्किन्छ कि कांग्रेसको विजय सुरुवात त्यो भने मंसिर ४ को निर्वाचनले नै निर्धारण गर्ने छ ।

नेकपा एमालेका उम्मेदवार आचार्यले एमालेले पुर्वी पाल्पामा जनताका हरेक विकास आवश्यकतामा काम गर्दै आएको, हरेक सुख दुखमा एमाले नेताहरु जनताको घरदैलोमा पुगेको कारण यसपटक पनि एमालेका उम्मेदवारहरुले विजय हासिल गर्ने दावी गरेका छन् भने नेपाली काग्रेसका उम्मेदवार गाहाँले २८ बर्षमा एमालेले कुनै पनि राम्रो विकास नगरेको कारण जनताले अहिले परिवर्तन खोजेकोले नेपाली काँग्रेसका उम्मेदवारहरुको विजय हुने उम्मेदवार गाहाले बताए ।

पाल्पा क्षेत्र १ अन्तर्गत रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी गाउँपालिका तानसेन नगरपालिकाकोे वडा ८, तिनाउ गाउँपालिकाको वडा नंं ५ पर्दछ । स्थानीय निर्वाचनमा पाल्पा क्षेत्र नंं १ मा ३७ वटा वडा मध्ये २४ वटा वडामा एमाले र १३ वटा वडामा नेपाली काग्रेसले विजय हासिल गरेको छ । पाल्पा क्षेत्र नंं १ मा ९६ हजार ३६ मतदाता रहेका छन । क्षेत्र १ प्रतिनिधिसभा कांग्रेसका गाहा र एमालेका आचार्यबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिञ्जाली, राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामी, जनता समाजवादीका मेहरमान राना र मंगोल नेसनल अर्गनाइजेसनका थमनबहादुर बुढा उम्मेदवार छन स्वतन्त्रबाट विपिन कँडेल, नारायण न्यौपाने, राजु सुनार र डोलराज तिमिल्सेना चुनावी मैदानमा रहेका छन् ।

क्षेत्र नं १ को प्रदेश सभा १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेका श्यामकान्त खनाल र एमालेबाट राजु प्रसाद श्रेष्ठ बिच मुख्य प्रतिस्पर्धा देखिएको छ । काग्रेसका खनाल र एमालेका श्रेष्ठ बाहेक मंगोल नेशनल बाट अर्गनाईजेशन बाट पूर्ण बहादुर रुचाल, , राप्रपा बाट डुल बहादुर गाहा, राष्ट्रिय जनमुक्ति पाटी बाट भिमसेन सुनारी मगर उम्मेदवार भई जनताको माझमा पुगेका छन् ।

निर्वाचन क्षेत्र नं १ प्रदेश सभा २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शंकर खनाल र एमालेका खेम बहादुर सारु चुनावी मैदानमा छन् । यसैगरी मंगोल नेशनल अर्गनाईजेशनबाट लालबहादुर दर्लामी, राप्रपा बाट लक्ष्मण प्रसाद पंगेनी, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेकबहादुर राना प्रतिष्पर्धामा रहेका छन । २ लाख १ हजार ३ सय २९ मतदाता रहेको पाल्पामा निर्वाचनमा कसले बाजी मार्ला त्यो हेर्न भने मंसिर ४ नै पर्खिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission