© २०२३
बलात्कारीलाई फाँसी दिने चर्को आवाज उठीरहेको बेला रूपन्देहीमा एक बालिका बलात्कृत भएकी छन् । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ स्थित एक १३ बर्षीय बालिकालाई स्थानीय २२ बर्षीय फिरोज अहमद मुसलमानले बलात्कार गरेका हुन् ।मिठाई खुवाउने प्रलोभन देखाई लुम्बिनीको एक होटलमा लगि बलात्कृत गरेको प्रहरीको भनाइ छ । खोजतालाशको क्रममा ति बालिकालाई आफन्तले फेला पारेका थिए । निज मुसलमानले बालिकाको मोबाईलबाट नग्न तस्बीर खिचेर फेसबुकमा हाल्ने धम्की दिन लाग्दा घटना स्थलमा प्रहरी पुगेर बालिकालाई उद्धार गरेको बताइएको छ । उनको भीम अस्पताल भैरहवामा मेडिकल गराई कारबाही प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी गराए ।
बालिकालाई प्रलोभनमा पारि बलात्कार गर्ने यूवालाई कडा भन्दा कडा सजाय गर्न सरोकारवाला निकाय सँग आफन्तले माग गरेका छन् । बालिका माथि बलात्कारको घटनाले लुम्बिनी क्षेत्रका अभिभावकहरू छोरीहरू सुरक्षित नहुने हुन कि भन्ने चिन्तामा छन् ।