© २०२३
पाँच नम्बर प्रदेशलाई पर्यटन क्षेत्रमा पहिचान गराउने उद्देश्यका साथ युवाहरूको आकर्षण छ । यसैक्रममा पछिल्लो समयमा बुटवलका ४ जना युवाहरूको सामूहिक लगानीमा गुगल फुडल्याड प्रालि संचालनमा आएको हो ।
आईटी क्षेत्रमा लामो समयदेखि लागेका राजु बञ्जाडेले सेवा उद्योगमा समेत हात हालेका छन् । अमेरिकामा बसोबास गर्दै आएका सुमन सापकोटा, प्रेम क्षेत्री र साबित्रा न्यौपानेसहितको टिमले करीब २ करोड बढि लगानीमा फुडल्याड संचालनमा ल्याएका हुन । पहिलो शाखाको रूपमा उद्घाटन गरिएको र विस्तारै रिसोर्टसहितको विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । नाम अनुसार नै अनलाईनमा समेत सेवा शुरु गर्ने उनले बताए । लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा पहिचान र मौलिकता दर्शाउने गरि सेवा उद्योग शुरु गरेको उनको दाबी छ ।
सोमबार पारिवारिक रूपमा औपचारिक उद्घाटन गरि फुडल्याड संचालन आएको हो । मिलनचोक हाई वे बाट तिनकुने जानेबाटोमा करीब सय मिटरको दुरीमा आर्कषक सजावटसहित फुडल्याड संचालनमा आएको छ । फुडल्याडमा आवश्यकता अनुसार विभिन्न भेराईटीहरू उपलब्ध हुने छन । नास्ता, आईसक्रिम परिकार, उपलब्ध हुने छन । फुडल्याडमा चाईनिज, ईण्डियन, कन्टिनेन्टल लगायत सबै परिकारका साथै पेय पदार्थहरू समेत उपलब्ध हुने अध्यक्ष बजाञ्डेले बताए ।
फुडल्यान्डमा कुक, हेल्पर, सहयोगीसहित करीब ३० जना युवाले रोजगार पाएका छन । फुडल्याडमा वाईफाई फ्रि, पार्किङ्गको समेत सुविधा रहेको छ । उद्घाटनको अवसर पारेर ४ सय ९९ को अफर र महान चाड तीज विशेष कार्यक्रमहरू समेत रहने छ । अब काठमाण्डौ र पोखरामा समेत पर्यटन केन्द्रित गराउने गरि बिस्तार गरिने उनले बताए ।à