© २०२३
पाल्पा, २५ कात्तिक । पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताएका छन् । तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलोमा गैरेले सत्यवती क्षेत्र आफैमा पनि पर्यटकीय हिसावले महत्वपूर्ण रहेकोले यस क्षेत्रको विकास र प्रवर्धनका लागि आफूले प्राथमिकतामा राखेर काम गर्ने बताए ।
सिद्धबाबामा सुरुङ मार्ग बनाएर सडक यात्रा सुरक्षित बनाउने, पाल्पासंग जोडिएका सडकहरु पीच र स्तरोन्नति गर्ने, कृषिको व्यवसायिकरण र आधुनिकरण तथा पर्यटनमार्फत पाल्पालाई समृद्ध बनाउने, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानीमा लगानी बढाउने, रोजगारी सिर्जना गर्दै सुखी पाल्पाली समृद्ध पाल्पा नै आफ्नो चुनावी एजेण्डा रहेको गैरेले बताए । यस्तै मगर,नेवार लगायतका जातिको संस्कृति,भाषा,कला संरक्षण, किसानलाई मल र सिंचाई पनि आफ्नो प्राथमिकतामा रहेको गैरेले बताए ।नेता गैरेसँगको भेटघाटका क्रममा मतदाताहरुले स्थानीय जाल्माघाट र गोलमन्दी घाटमा पक्की पुल बनाउनु पर्ने, यहाँको कृषि क्षेत्रको विकासका लागि खास योजना बनाउनुपर्ने लगायतका मागहरु राखेका थिए । मतदाताहरुसँगको छलफलका क्रममा नेता गैरेले जनताको भावना र आवश्यकता अनुसार आफू सधै जनताकै सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।
यस्तै पाल्पा क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार ओम बहादुर घर्ती पनि सोही क्षेत्रका मतदाताहरुसँग भेटघाटमा आफू यसअघि तिनाउँ गाउँपालिकाको अध्यक्षको रुपमा रही काम गरेको समयमा पनि यस क्षेत्रमा धेरै कामहरु भएको र आगामी दिनमा पनि थप कामहरु गर्ने प्रतिबद्धता जनाए ।
क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई तानसेन नगरपालिकाको वडा नं. २ र ६ मा घरदैलो गरेका छन् । घरदैलो कार्यक्रममा उनले मतदाताहरुलाई विस्वस्त पार्दै ऐतिहासिक तानसेन शहरलाई पर्यटनको आर्कषणको रुपमा विकासगर्न, तानसेनको खानेपानीको उचित व्यवस्थापन, सडकको स्तरोन्नति साथै नगरका ग्रामीण बस्तीहरुमा कृषिको आभुनिकीकरणमा आफ्नो पहल रहने बताए ।
घरदैलो कार्यक्रममा उम्मेदवार भट्टराईले तानसेन नगरपालिकाका जनताको आयस्तरमा बृद्धिगर्न र स्वरोजगार गराउन स्थानीयस्तरमा संञ्चालित ढाका करुवा उद्योगहरुलाई व्यवस्थित गराउन आफु प्रतिबद्ध रहेको बताए ।
मङिसर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरु मत माग्न जनताको घर दैलो टोल बस्तीमा भेटघाट तथा अन्र्तक्रियामा व्यस्त छन् ।
क्षेत्र नं. १ अन्र्तगतका उम्मेदवारहरू बिहीबार ताहँुको सेर्काबासमा टोलभेला तथा घरदैलोमा व्यस्त रहनुभयो । मतदाताहरुसँगको भेटघाटका क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले नेकपा एमाले जनताको पक्षमा बोल्ने पार्टीको रुपमा रहेको बताए । आचार्यले एमाले सरकारमा रहेको समयमा देशव्यापी राम्रो काम भएको र पाल्पामा पनि धेरै महत्वपूर्ण योजनाहरु सञ्चालन गरिएको बताए ।