ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

वार्षिक ६ अर्ब बढीको काठ आयात

१९ भाद्र २०७५, मंगलवार
१९ भाद्र २०७५, मंगलवार

नेपालको वन विकास र प्रवद्र्धनमा नीजि बनको योगदान महŒवपूर्ण रहेको भएपनि बनेका नीतिको कार्यान्वयन पक्ष फितलो हँुदा समस्या देखिएको छ । वन सम्बन्धी नीति कार्यान्वयन पक्षबारे सरकारी पक्षबाट अनुगमन नहँुदा वर्षेनी विदशी काठमा निर्भर हुनुपर्ने समस्या रहेको सरोकारवाला पक्षहरूले गुनासो गरेका हुन् । नेपाली काठको कुल मागमध्ये राष्ट्रिय उत्पादनको ८० प्रतिशत नीजि वनले धानेको छ ।
पारिवारिक नीजि वन संघ, नेपालले सोमबार बुटवलमा गरेको रूपन्देही जिल्ला तदर्थ समिति गठन तथा अन्तक्र्रिया कार्यक्रममा बोल्ने बक्ताहरूले नीजि वन सम्बन्धी सरकारको प्रवद्र्धनमा ठोस नीति ल्याउनुपर्ने सुझाव दिए । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं.५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले वन क्षेत्रको समस्याबारे प्रदेश सरकारको ध्यानाकर्षण गरिने बताए । प्रदेशको आर्थिक तथा वन बातावरण समिति गठन भएको त्यसमार्फत समस्या समाधानका लागि समेत संसदमा पहल गर्ने उनले बताए । सभापति दधिराम न्यौपाने सहित सदस्यहरूलाई कार्यान्वयनमा भएका समस्या खोज्नका लागि पहल गर्न सुझाव दिने प्रतिवद्धता जनाए । ऐन कानुनको कारण भोग्नुपरेको समस्या र यसको बजारीकरण गर्ने विषयमा समेत सरोकारवाला संघसंस्थाहरूले पहल गर्नुपर्ने उनले सुझाव दिए ।
प्रदेश नं.५ का प्रदेश सभा सदस्य विष्णु पन्थी आफैले बनाएका नीति नियम नै कार्यान्वयनमा बाधक बन्दै आएको बताए । जलश्रोतको धनी देश भएपनि वनको कानुनले नै काम गर्न बाधा दिएको उदाहरण दिँदै उनले वर्षेनी विदेशिने युवाहरूलाई रोक्ने नीति ल्याउँदै नीजि वनमार्फत आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए । वन क्षेत्रले जिडिपिमा ७ प्रतिशत योगदान दिएको वतर्मान तथ्यांकलाई ५० प्रतिशतमा लैजान सकिने उनको दाबी छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वन प्राविधिक लिलाराम पौडेलले नेपालको वन क्षेत्र बढेर ४४ प्रतिशत पुगेको बताए । वन क्षेत्रफल बढेपनि कानुनी अड्चनले गर्दा अझै पनि विदेशी काठ निर्यात गर्नुपर्ने बाध्यता रहेको उनले बताए । खरीद ऐनमा वनको उत्पादन गर्ने काठजन्य बस्तुहरू उल्लेख नभएको तर्फ दुखेसो गर्दै उनले वार्षिक ६ अर्ब बराबरको विदेशबाट काठ आयात भैरहेकोले सरकार यस विषयमा गम्भिर हुनुपर्ने बताए । नेपालका रहेका सय बढी प्लाईउड फयाक्ट्रीहरूलाई दिगो रूपमा कच्चा पदार्थको आपूर्ति देशबाट हुन नसक्दा भारतमा भर पर्नुपर्ने अवस्था रहेको उनको दाबी छ ।
कार्यक्रममा विष्णु कुमार श्रेष्ठले किसानहरूका खरबारीहरूमा हुर्काएका रुख कटानी, बिक्रीमा कानुनी बाधा रहेको बताए । नीजि वन उद्यमीहरूलाई राज्यको नीतिले उत्प्रेरणा दिन नसकेको उनले दुखेसो गरे । हाईब्रिड र बहुउपयोगी प्रजातीका गुणस्तरीय विरुवाहरू पाउन कठिन, दरपिटको समस्या रहेको उनले बताए । नेपालका काठहरू कानुनी बाधाले सडेर गएको उनले बताए । नीति वनाउने र ब्यवहारमा लागु हुदा ठुलो खाडल रहेको उनले बताए । यसलाई चिर्नका लागि निरन्तर अन्तरक्रिया जरुरी रहेको उनले बताए । वन क्षेत्रलाई हल्का रूपमा लिन नहुने उनले दाबी गरे । पाँच नम्बर प्रदेश उर्वरभूमि भएकाले धेरै सम्भावना रहेको बताए ।
डा.खगराज शर्माले सहकारीमार्फत वनको प्रवद्र्धन र विकास अघि बढ्नुपर्ने बताए । वन पैदावरको उपभोगमा भएका कठिनाईलाई सम्बोधन गर्दै यसको निकास खोज्नुपर्ने बताए । नेपालको वन पैदावर कुहिरहेको अवस्थामा इन्डोनेशिया, मलेशिया र भारतबाट काठ आयात गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरि नीति वनाउनुपर्ने उनले बताए । ब्यापार संघका निर्वमान अध्यक्ष मोतीलाल पाण्डे, रूपन्देही उद्योग संघका पूर्वअध्यक्ष तेजकुमार पाठक, छबिलाल अधिकारी, युवराज घिमिरेले सुझाव दिएका थिए ।
जिल्लामा ८४ वटा दर्ता रहेका नीजि वनले ९२ हेक्टर क्षेत्रफल ओगटेको तथ्याकले देखाउछ । यसमध्ये हाल २७ भन्दा बढि क्रियाशिल छैनन । जिल्ला वन कार्यालयले वार्षिक रूपमा ५ लाख बढि विभिन्न जातका विरुवाहरू निःशुल्क वितरण गर्दै आएको छ । सरकारले नीजि वनमा तयार भएका २६ जातका काठपातहरू कटान आदेश लिन नपर्ने ब्यवस्था समेत गरेकाले पनि नीजि वन लगाउने बढेको छ । रूपन्देहीमा हाल दर्ता भएका करीब ५ सय फर्निचर उद्योग र ६५ बढि समिलहरू संचालनमा रहेका छन । यस बाहेक पनि धेरै उद्योगहरूले काठका सामग्रीहरू तयार गर्ने गर्दछन । सामान्य उद्योगले पनि न्यूनतम १० क्युफिट कच्चा पदार्थको प्रयोग गर्दछ । नेपालमा रहेको सरकारी, धार्मिक, सामुदायिक वनले अहिलेको मागलाई थेग्न नसकेपछि विदेशबाट समेत कच्चा पदार्थ आयात हुँदै आएको छ ।
विष्णु प्रसाद श्रेष्ठको अध्यक्षतामा जिल्ला तदर्थ समिति गठन
सोमबार बुटवलमा बसेको नीजि वन सरोकारवालाको भेलाले अध्यक्ष विष्णु कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सुन्दर पाठक, सचिव लिलाराज पौडेल, कोषाध्यक्ष गुमानसिह कुँवर तथा सदस्यहरूमा देवानन्द पाण्डे, आनन्द राज रेग्मी, बोनिका भण्डारी, कृष्ण बश्याल, बालकुमार यादव सर्वसम्मत चयन भएका हुन । समितिको सदस्यता लिन न्युनतम पनि ५० बिरुवा रोप्नुपर्ने प्रावधान रहेको अध्यक्ष श्रेष्ठले बताए । यस क्षेत्रमा रहेका नीजि वनका सदस्यहरूलाई समावेश गरेर क्रियाशिल वनाउने काममा आफू लाग्ने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?