© २०२३
रोहिणी गाउँपालिकामा गाउँपालिका स्तरिय समुदायमा आधारित पूनस्र्थापना समिती गठन तथा अन्र्त्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्ग बाल अस्पताल तथा पूनस्र्थापना केन्द्र बुटवलको आयोजना, सि.बि. एमको सहयोग तथा रोहिणी गाउँपालिका एवम् अन्तर्गत इकाईहरु संगको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अन्र्त्क्रिया कार्यक्रममा प्रत्येक वडाहरुको प्रतिनिधित्व हुने गरी अपाङ्गता भएका ब्यक्तिहरु, प्रत्येक वडाका निर्वा्चित वडा अध्यक्ष, गाउँपालिकाका प्रतिनिधिहरु तथा कर्मचारी विचको भेलाले ९ सदस्यीय गाउँपालिका स्तरिय समुदायमा आधारित पूनस्र्थापन समिती गठन गरेको छ । समितीले गाउँपालिकाको तथा अन्य सा्रेत पहिचान र परिचालन गरी गाउँपालिका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुको पूनस्र्थापनका लागी कार्यक्रमहरु सञ्चालन बताइएकोे छ । कार्यक्रममा अपाङ्ग बाल अस्पताल तथा पूनस्र्थापन केन्द्र सक्ष्म परियोजना सुपरिवेक्षक दीप न्यौपानेले अपाङ्गता, न्यूनिकरणमा समितीको भुमिका तथा अपाङ्गता व्यवस्थापनका लागी आगामी ५ वर्षका लागी प्रक्षेपित रणनितीक योजनाका बारेमा सहजीकरण गरेका थिए ।
उनले अपाङ्गता व्यवस्थापनका लागी स्थानिय निकाय र अपाङ्गता भएका स्थानिय व्यक्तिहरुको संग्लग्नता गठित सो समितीले स्थानिय तथा बाहृय स्रोत पहिचान र परिचालन गरी अपाङ्गता व्यवस्थापनमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । रोहिणी गाउँपालिकाका अध्यक्ष सनुजकुमार यादवले अपाङ्गता न्यूनिकरण र व्यवस्थापनका लागी गाउँपालिकाले यथोचित प्रयास गर्ने बताए । उनले अपाङ्गता भएका अगुवा व्यक्तिहरु पनि सक्रिय रुपले लाग्नु पर्ने बताउंदै अपाङ्ग बाल अस्पताल तथा पूनस्र्थापन केन्द्रले गरेका गतिविधीहरुको प्रसंसा गरे । अन्र्त्क्रिया कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराई, शिक्षा ईकाई प्रमुख नारायण लामिछाने, महिला ईकाई प्रमुख जमुना शर्मा लगायतको सहभागिता रहेको थियो ।