© २०२३
बुटवलको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका एक जना व्याक्तिको रकम चोरी भएको छ । बैंक खुलेपछि विहान करिव साढे १० बजे तिर रकम जम्मा गर्न गएका बुटवलको नेपालगञ्ज रोडमा रहेको रहेको दुर्गा प्लाष्टिक हाउस दिनेश ज्ञवालीको रकम चोरी भएको हो । बैंकको काउन्टर नजिकै भौचर भर्दै गर्दा ३ जनाको समुहमा आएका अज्ञात व्याक्तिले ज्ञवालीको हातबाट कुल २ लाख २३ हजार रुपैया रकम चोरेर भागेको जनाइएको छ । आज विहान १० बजेर ४ मिनेटजाँदा बैंक भित्रै बाट रकम चोरी भएको बैंकमा रहेको सिसिटीभि क्यामेरा मा कैद भएको छ । तीन जना व्याक्ति एकैपटक बैंक भित्र प्रवेश गरेका थिए । रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । चोरहरु को हुन् र कहाँका हुन भन्ने विषयमा प्रहरीले थप अनुधान अगाडी बढाएकोे ईलाका प्रहरी कार्यालय बुटवल ले जनाएको छ । बुटवल–६ विपी चौकमा रहेको एभरेष्ट बैंक बुटवलमा सबैभन्दा बढि भिडभाड हुने बैंक मध्ये एक मा पर्दछ । बैंकमा विहानको र साझँको समयमा बढि भिडभाड हुने भएको कारण कतिपय सेवा ग्राहीहरु १० बजे नै बैंक जाने गर्दछन् ।